धितो कर्जा (Flexi कर्जा)

उद्देश्य
  • शहरी क्षेत्रमा अवस्थित अचल सम्पत्तिको धितोको आधारमा व्यक्ति वा व्यापारिक संस्थालाई व्यक्तिगत वा व्यापारिक आवश्यकता पूर्तिको लागि । यद्यपी, व्यक्तिगत कर्जाको हकमा उद्देश्य खुलेको हुनुपर्ने र बैंकबाट प्राप्त कर्जा कुनै पनि सट्टेबाजी उद्देश्यको लागि प्रयोग नहुने भनि ऋणीबाट कबुलियतनामा लिएको हुनुपर्ने।
  • रियलस्टेट ब्यावसायमा संलग्न फर्महरुलाई उक्त कर्जा प्रदान नगरिने ।
योग्यताको
  • व्यक्ति वा व्यापारिक संस्थाको व्यक्तिगत वा व्यापारिक आवश्यकता पूर्तिको लागि ।
प्रकृति
  • दीर्घकालीन कर्जा र अधिविकर्ष कर्जा
सीमा
  • प्राकृतिक व्यक्तिको हकमाः रू ५०.०० लाख सम्म
  • व्यापारिक संस्थाको हकमाः रू १.०० करोड सम्म
  • दिर्घकालिन कर्जाको हकमा खुद मासिक आयको ३५ गुनासम्म
  • अधिविकर्ष कर्जा को हकमा खुद मासिक आयको ४० गुनासम्म
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समयसमयमा परिवर्तन हुनसक्ने)
भुक्तानी
  • दीर्घकालीन कर्जाको हकमाः प्रस्तावित ऋणको किस्ता खुद मासिक आम्दानीको २ गुना हुने गरी बढीमा १० वर्षसम्म  (६५ वर्षको उमेर भित्र कर्जा भुक्तानी गरि सक्नु पर्नेछ)
  • अधिविकर्ष कर्जाको हकमाः सन्तोषजनक कार्य सम्पादन भएको खण्डमा नवीकरण तथा समीक्षा गर्ने गरी व्यापारिक प्रयोजनार्थ १ वर्षको अवधिका लागि अधिविकर्ष कर्जा प्रदान गर्न सकिनेछ ।
सुरक्षण
  • ऋण रकमको कम्तिमा २००% मूल्य बराबर आवासीय, व्यापारिक तथा औद्योगिक घर / जग्गाको धितो सुरक्षण ।
  • बैँकलाई मान्य हुने व्यक्तिको व्यक्तिगत जमानी ।
बीमा
  • बैँकको नियम अनुसारको व्यापक बीमा ।