शैक्षिक कर्जा

 

उद्देश्य नेपाल र विदेशमा उच्च शिक्षाको अध्ययन खर्चको लागि:

  • भर्ना शूल्क ।
  • पुस्तक तथा शैक्षिक सामाग्रीको खर्च ।
  • बिद्यार्थीलाई अध्ययनको लागि आवश्यकपर्ने शैंक्षिक उपकरणको खर्च ।
  • मासिक शूल्क र शिक्षण शूल्क ।
  • परिक्षा शूल्क ।
  • संस्थाको बिल तथा रसिद अनुसारको धरौटी, घर, कोष र फिर्ता हुने धरौटी आदि ।
  • अध्ययनको लागि आवश्यक अन्य खर्चहरु जस्तैः शैक्षिक भ्रमण, प्रोजेक्ट कार्य, थेसिस आदि ।
  • निर्वाह खर्च ।

* आवासको व्यवस्था शैक्षिक संस्थाले नगरी विद्यार्थी आफैले गर्नुपर्ने भएमा सोको लागि सो क्षेत्रका मान्यता प्राप्त बोर्डिङहरुको प्रचलित शूल्क अनुसार विद्यार्थीलाई सोधभर्ना दिन सकिने छ ।

योग्यता
  • नेपाली नागरिक (१६ देखि ३० वर्ष उमेर सम्मका)
  • उच्च शिक्षा (Masters, Doctorate and Others) को लागि अधिकतम उमेरको हदः ३५ वर्ष ।
  • HSEB/ University in Nepal वा सो बाट मान्यता पाएका शैक्षिक संस्थाबाट यस अघिको अन्तिम परीक्षामा विद्यार्थीले कम्तिमा पनि ५०% अंक प्राप्त गरेको हुनु पर्ने छ ।
  • अभिभावक / आमाबुवाको नियमित आयको श्रोत हुनु पर्नेछ ।
सीमा
  • आवश्यकता अनुसार
  • बिद्यार्थीले लिन चाहेको अध्ययनको लागि हुने खर्च र शिक्षा पूर्ण भए पछि हुन सक्ने अनुमानित आम्दानीको आधारमा कर्जाको रकम निर्धारण गरिने छ ।
  • स्वीकृत कर्जासिमाको अधिनमा रहि पढाई पुरा गर्न आवश्यक कुल खर्चको आधारमा वार्षिक सिमा निर्धारण गरिने र सो को भुक्तानी सोझै शैक्षिक संस्थालाई गरिने छ
  • विद्यार्थीले वार्षिक रुपमा शैक्षिक प्रगति विवरण बैँकलाई पेश गर्नु पर्ने छ ।
विघटन
  • ऋण को रूप मा वितरित गरिनेछ
  • वार्षिक सीमा भित्र कोर्स पूरा गर्न समावेश भएको कुल खर्चहरूको आधारमा साल-वार सीमा सेट अप गरिनेछ र तदनुसार बनाइएको भुक्तानी
मार्जिन
  • छैन
सुरक्षा
  • कर्जा रकमको १०० % बराबर बैँकलाई मान्य हुने घर / जग्गाको धितो सुरक्षण वा १०० % बराबरको मुद्दति रसिदको धितो वा दुबै मिलाएर कर्जा रकमको १०० % सुरक्षण ।
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
भुक्तानी
  • कर्जा भुक्तानी विद्यार्थीको पढाई पुरा भए पछिकोे एक वर्ष वा रोजगारी पाएको एक महिना मध्ये जुन चाडो हुन्छ सोही अनुसार सुरु हुनेछ ।
  • नियमित ब्याज भुक्तानी त्रैमासिक रुपमा गरिने छ ।
  • साँवाको भुक्तानी बढीमा ८४ सम मासिक किस्तामा हुनेछ ।