जीवन बीमा कर्जा सुविधा

 

योग्यता जीवन बीमा पोलिसीको सुरक्षणको आधारमा व्यक्तिको योग्यता हेरी निम्न कुरा सुनिश्चित भएमा,

  •  बीमा पोलिसी उपर कसैको दावी नभएको ।
  • बीमितको उमेर सम्बन्धित बीमा कम्पनीको रेकर्डमा खुलेको ।
  • अध्यावधिक प्रिमियम भुक्तानी भएको ।
सीमा
  • आवश्यकता अनुसार – बढीमा जीवन बीमा पोलिसीको समर्पण मूल्यको ९०% सम्म ।
प्रकृति
  • अधिविकर्ष र डिमान्ड कर्जा
मार्जिन
  • जीवन बीमा पोलिसीको समर्पण मूल्यको १०%
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
भुक्तानी
  • अधिबिकर्ष कर्जाको हकमा : सन्तोषजनक कार्य सम्पादनको आधारमा समय समयमा नवीकरण हुने गरि ।
    डिमान्ड कर्जाको हकमा : स्वीकृत कर्जा अबधिभित्र ।
समर्पण मूल्य गणना गर्ने प्रक्रिया
  • बीमा पोलिसीको अवधि ३ वर्ष पूरा भए पछि मात्र समर्पण मूल्यको गणनाको लागि योग्य हुनेछ र बीमा पोलिसी सुरु भएको ५ वर्ष पूरा भए पछि मात्र बोनस गणना गरिने छ ।
  • चुक्ता मूल्यमा आर्जित बोनस रकमलाई जोडेर आउने रकमलाई समर्पण मूल्य कारकले गुणा गरी समर्पण मूल्यको गणना गरिन्छ । समर्पण मूल्य कारकको जानकारी सम्बन्धित बीमा कम्पनी बाट लिइनेछ ।
जीवन बीमा नीति बापत कर्जा लिन स्वीकृत कम्पनीहरुः
  • राष्ट्रिय बीमा संस्था
  • नेश्नल लाईफ ईन्स्योरेन्स कम्पनी
  • लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड
  • अमेरिकन लाईफ ईन्स्योरेन्स कम्पनी