सुनौलो भविष्य योजना

दैनिक वा मासिक रुपमा थोरै – थोरै गर्दै रकम जम्मा गर्न रुचाउने ग्राहकको लागि, आकर्षक ब्याज सहितको यो योजना ल्याएका हौ । मध्यम वर्गिय परिवारले भविश्यमा घरको सरसामान खरिद गर्न, विवाह वा अन्य प्रयोजनका लागि यो खाता खोलि रकम जम्मा गर्न सक्नु हुनेछ ।

थोपा -थोपाले समुन्द्र बन्छ भनेझै, थोरै थोरै रकम जम्मा गर्दै भोलिको ठूलो सपना साकार पार्नुहोस् । अवधि समाप्ति पछि तपाईको मुलधन र ब्याज ( मुलधनमा त्रौमासिक चक्रिय मिश्रित ब्याजदरका हिसाबले), प्रदान गरिने छ ।

  • न्युनतम मौजात – रु ५०० प्रति महिना ( प्रति महिना रु १०० को गुणाकंमा )
  • अवधि – १२ महिनादेखि ६० महिना सम्म ( १२ महिनाको गुणाकंमा )
  • ब्याजदर – साधारण मुद्दतीखाता बमोजिम

बिशेषताहरु

  • जम्मा गरिने रकम, अवधि र परिपक्क हुने समय, खाता खोल्ने बेलामा नै निर्धारण गरिनेछ ।
  • मौजात रकमको ९०% सम्म, प्रकाशित दरभन्दा २% बढि दरमा, ऋण सेवा उपलब्ध हुनेछ ।
  • जरुरत परेमा निर्धारित समय अवधि अगावै रकम निकाल्न सकिने (शर्तहरु लागु हुनेछ) ।