Archives
- Home
- Press Releases
एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावरर लिमिटेड बिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न रू १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख श्री सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष श्री बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।
मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेद्धारा प्रबद्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडलमा ठेक्का लगाइएको छ र यस बाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।
यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेड बिच विद्युत खरिद बिक्रि सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।
एभरेष्ट बैँक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मिति २०८२ साल जेठ २० गते देखि आफ्ना ग्राहक वर्गको लागि EBL भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । EBL भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।
यस बैंकका ग्राहकहरुले न्युनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्ने र सो सेवामार्फत न्युनतम रु ५० हजार देखीअधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सिमा प्रयोग गरी फोन पे QR SCAN गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन तथा कार्ड व्यवस्थापनकार्यहरू सजिलै गर्न सक्नेछन्।
यस सेवा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् साथै ग्राहकको चाहना अनुसार कुल बक्यौता रकमको न्युनतम १० प्रतिशत देखी शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको छ ।
एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ साल जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको उद्घाटन सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेलज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यज्यू बाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष श्री उज्जवल कुमार थापाज्यू, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठज्यू, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदीज्यू, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङज्यू तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
सो उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेल ज्यूले बैंकको उपस्थिती सँगै बैंकको गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गर्नुभयो साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखाकार्यालय सिन्धुलीमा सन्चालनमा आए सँगै यहाँका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गर्नु भएको छ । सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।
On March 23, 2025, Everest Bank Limited signed a Memorandum of Understanding (MoU) with Himalaya Nirman Mart Pvt Ltd’s (Daisuke Outlet). As part of this agreement, Daisuke will provide 15% of special discounts on home appliances to Everest Bank Customers.
नेपाल राष्ट वैंकको संयोजनमा बिगत वर्षहरुजस्तै यसवर्ष पनि एभरेष्ट बैंकले मिति २०८१/१२/०४ सप्ताहव्यापी अभियान अन्तर्गत Global Money Week–2025 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरुबिच वित्तीय साक्षरता सन्देश दिन सफल भयको छ। उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखासमेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।
Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहनुभएका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ मिति २०८१ साल फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्धघाटन गरेको छ । फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमाआएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवादिने प्रतिबद्धता जनाएको छ। एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरकोअत्याधुनिक बैंकीङ्ग सेवाहरू प्राप्तगर्ने भएका छन्।
फिदिम र फुङ्लिङ्ग शाखाको उद्धघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक श्री किरण कृष्ण श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख श्री सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख श्री मित्रप्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्गन गरपालिकाका प्रमुखश्री अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थितीका बीचऔपचारिक कार्यक्रम सम्पन्नभएको छ ।
फिदिम र फुङ्लिङ्गमा आफ्नो १३०औँ र १३१औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ।
एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्षश्री मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशकश्री केशवबहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखश्री उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
मिति २०८१ साल माघ २८ गतेका दिन औपचारीक रुपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।
भौगोलिक तथा पूर्वाधार बिकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७, ८ घण्टा को पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोलि संचालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नु हुने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालीकाप्रती विशेष धन्यवाद व्यक्त गर्दै देशको सम्पुर्ण पालिकामा बैंक तथा वित्तिय संस्थाको पहुँच पु्र्याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा संचालन गर्न सकेकोमा बैंक खुशी व्यक्तगर्दछ ।
देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
In its efforts to provide modern banking facilities to customers of different sections of the society, Everest bank has inaugurated its 130th branch at Phidim Municipality ward no 1, Panchthar and 131st branch at Phungling Municipality ward no 4, Taplejung in Koshi province. After the operation of these two branches, the total number of branches of EBL at Koshi Province have reached to 20.
Along with this, the bank believes that people of Phidim, Phungling and different areas of Koshi province can get modernized and qualitative banking facilities from newly opened branches.
On 24th September, 2024 Everest Bank Limited and Hotel Sarowar has signed a MoU wherein the resort will offer special discount i.e. 15% discount on food & beverages, 20% on Laundry, 10% on Spa to the Cardholders, Mobile Banking Users, Privilege Card Holders, Board Members, Employees and their family members of the bank.