Archives
- Home
- Press Releases
नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले मिति २०८२/१२/०२ देखि २०८२/१२/०८ सम्म Global Money Week – 2026 को अवसरमा सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३,००० भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको छ। साथै, उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराई बैंकले प्रदान गर्ने सेवाहरूबारे व्यावहारिक जानकारी समेत गराइएको छ ।
‘Smart Money Talks’ भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानी जस्ता महत्त्वपूर्ण विषयहरूमा समेत सचेत गराइएको थियो ।
एभरेष्ट बैंकले नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै लामो समय देखिनै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको र उत्त परम्परा यथावत राख्ने क्रममा उन्नाईसौं शताब्दीको मध्यदेखि शुरु गरिएका र महादेशीय हिसाबले पनि महत्वपूर्ण मानिने “नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू” विषयवस्तु राखेर तयार पारिएको २०८३ सालकोे क्यालेन्डर अनावरण गरेको छ ।
एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले २०८३ सालकोे क्यालेन्डर अनावरण गर्नु भएको हो र उत्त समारोहमा बैंकका सञ्चालक लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।
एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२/०७/१२ मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि ६% बोनस शेयर, १४% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आ.व. २०८२/८३को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ साल असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ । यो शाखा सँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरी बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ ।
बर्दिबास नगरपालिकाका मेयर श्री प्रहलाद कुमार क्षेत्रीज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङज्यूूबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्री भोला खड्काज्यू, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष श्री विष्णु खड्काज्यू, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख श्री पुष्प राज उप्रेतीज्यू तथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।
एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावरर लिमिटेड बिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न रू १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख श्री सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष श्री बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।
मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेद्धारा प्रबद्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडलमा ठेक्का लगाइएको छ र यस बाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।
यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेड बिच विद्युत खरिद बिक्रि सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।
एभरेष्ट बैँक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मिति २०८२ साल जेठ २० गते देखि आफ्ना ग्राहक वर्गको लागि EBL भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । EBL भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।
यस बैंकका ग्राहकहरुले न्युनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्ने र सो सेवामार्फत न्युनतम रु ५० हजार देखीअधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सिमा प्रयोग गरी फोन पे QR SCAN गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन तथा कार्ड व्यवस्थापनकार्यहरू सजिलै गर्न सक्नेछन्।
यस सेवा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् साथै ग्राहकको चाहना अनुसार कुल बक्यौता रकमको न्युनतम १० प्रतिशत देखी शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको छ ।
एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ साल जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको उद्घाटन सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेलज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यज्यू बाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष श्री उज्जवल कुमार थापाज्यू, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठज्यू, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदीज्यू, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङज्यू तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
सो उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेल ज्यूले बैंकको उपस्थिती सँगै बैंकको गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गर्नुभयो साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखाकार्यालय सिन्धुलीमा सन्चालनमा आए सँगै यहाँका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गर्नु भएको छ । सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।
On March 23, 2025, Everest Bank Limited signed a Memorandum of Understanding (MoU) with Himalaya Nirman Mart Pvt Ltd’s (Daisuke Outlet). As part of this agreement, Daisuke will provide 15% of special discounts on home appliances to Everest Bank Customers.
नेपाल राष्ट वैंकको संयोजनमा बिगत वर्षहरुजस्तै यसवर्ष पनि एभरेष्ट बैंकले मिति २०८१/१२/०४ सप्ताहव्यापी अभियान अन्तर्गत Global Money Week–2025 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरुबिच वित्तीय साक्षरता सन्देश दिन सफल भयको छ। उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखासमेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।
Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
