Press Release

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७, पाल्पामा सञ्चालनमा।

August 17, 2026
एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७, पाल्पामा सञ्चालनमा।

 

एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा मिति २०८३ साल भाद्र १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ । उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ ।