एभरेष्ट बैंकद्वारा Global Money Week–2025 कार्यक्रम सम्पन्न।
March 25, 2025
नेपाल राष्ट वैंकको संयोजनमा बिगत वर्षहरुजस्तै यसवर्ष पनि एभरेष्ट बैंकले मिति २०८१/१२/०४ सप्ताहव्यापी अभियान अन्तर्गत Global Money Week–2025 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरुबिच वित्तीय साक्षरता सन्देश दिन सफल भयको छ। उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखासमेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।
Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।