डेबिट कार्ड
- Home
- उत्पादन र सेवा
- एटीएम / कार्ड सेवा
- डेबिट कार्ड
एभरेष्ट बैंकको डेबिट कार्ड एक प्रकारको इलेक्ट्रोनिक चेकबुक हो जसले तपाईँको आवश्यकता अनुसार खाताबाट सीधै नगद कारोबार गर्न सघाउँछ । यो नगद र चेकबुकको विकल्पमा प्रयोग हुने विधि हो, जस्को प्रयोग गरी तपाईँले व्यापारिक स्थानहरूमा भएका पि. ओ. एस. मर्फत रकम भुक्तान गर्न वा बैंकको एटिएम बुथबाट सीधै नगद झिक्न सक्नुहुनेछ ।
एभरेष्ट बैंकले दुई प्रकारको कार्डहरू प्रयोगमा ल्याएको छ :
- एसटिसी– युपिआई को–ब्राण्ड डेबिट कार्ड : यस कार्ड स्मार्ट चोइस टेक्नोलोजि मार्फत युनियन पे इन्टरनेशलन (Union Pay ) सँग आबद्ध छ ।
- भिजा डेबिट कार्ड : एभरेष्ट बैंकको यस कार्डले विश्वभरी रहेका भिजा प्रपिधिसँग सहकार्य गरेर कारोबार गर्ने गर्दछ ।
SCT – UPI Co-Brand Debit Card को विशेषताहरु
- यस कार्डबाट एसटिसी – युनियन पे नेटवर्क सँग आबद्धता रहेका नेपालका एटिएम बुथ र नेशनल पेमेन्ट कर्पोरेशन भारतसँग आबद्धता रहेका भारतीय एटिएमबाट कारोबार गर्न सक्नुहुनेछ ।
- नेपाल र भारतका व्यापारिक स्थलमा रहेका पिओएसबाट पनि कारोबार गर्न सकिने ।
- बैंकबाट तत्काल यस कार्ड लिन सकिने र आर्थिक कारोबार गर्न सकिने ।
- चौबिसै घण्टा सेवा ।
- यस कार्डको प्रयोग गरी एभरेष्ट बैंकको एटिएमबाट नगद झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने ।
- व्यापारिक स्थलमा भएका पिओएसबाट कार्ड मार्फत कारोबार गर्दा पनि कुनै अतिरिक्त शुल्क नलाग्न्ने ।
- प्रिमिएम बचत खाता भएका ग्राहकलाई एसटिसी डेबिट कार्ड निशुल्क उपलब्ध गराइने ।
कारोबारको सीमितता
कारोबार सीमाहरू | नेपाल | भारत |
एकपटकमा झिक्न सकिने रकम | नेरू २५,००० | भारू १०,००० |
दैनिक अधिकतम झिक्न सकिने | नेरू ७५,००० | भारू १५,००० |
मासिक अधिकतम झिक्न सकिने | नेरू २५०,००० | भारू १००,००० |
पिओएसबाट दैनिकझिक्न सकिने | नेरू १००,००० | भारू १००,००० |
भिजा (VISA) ब्राण्डका डेबिट कार्डको विशेषताहरू
- नेपाल र भारतका भिजा नेटवर्कसँग आबद्ध भएका जुनसुकै एटिएमबाट नगद झिक्न सकिने ।
- नेपाल र भारतका व्यापारिक स्थलमा रहेका पिएसओबाट पनि कारोबार गर्न सकिने ।
- बैंकबाट तत्काल यस कार्ड लिन सकिने र आर्थिक कारोबार गर्न सकिने ।
- चौबिसै घण्टा सेवा ।
- यस कार्डको प्रयोग गरी एभरेष्ट बैंकको एटिएमबाट नगद झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने ।
- व्यापारिक स्थलमा भएका पिओएस बाट कार्ड मार्फत कारोबार गर्दा पनि कुनै अतिरिक्त शुल्क नलाग्न्ने ।
- तोकिएका केही अस्पताल, व्यापरिक केन्द्र, रेस्टुराँमा कार्डको प्रयोगले गर्दा निस्चित छुट पाइने ।
कारोबारको सीमितता
कारोबार सीमाहरू | नेपाल | भारत |
एकपटकमा झिक्न सकिने रकम | नेरू २५,००० | भारू १०,००० |
दैनिक अधिकतम झिक्न सकिने | नेरू ७५,००० | भारू १५,००० |
मासिक अधिकतम झिक्न सकिने | नेरू २५०,००० | भारू १००,००० |
पिओएसबाट दैनिक झिक्न सकिने | नेरू १००,००० | भारू १००,००० |
कार्ड सेवाका शुल्कहरू
SCT – UPI Card / VISA Card | ||
Card Issuance Fee | Option 1: If upfront Payment
Option 2: If Payment on installment |
Rs. 1500
Rs. 400/- every year for four years |
Card Replacement Fee | ||
Card Re-Issuance Fee | ||
PIN Re-Generation Fee | 100 | 100 |
कारोबार शुल्कहरू
Sr. No. | Transaction | SCT-UPI Card / VISA Card | |
ATM / POS Type | |||
1 | Cash withdraw | EBL ATM | – |
ATM, Nepal | 15 | ||
ATM, India | 300 | ||
2 | Balance Inquiry | EBL ATM | – |
Nepal | 15 | ||
India | 50 | ||
3 | Purchase (POS) | NIL |
** Exchange Trading @ 0.15% of transaction amount is applicable for transaction done in India.
सि. न. | एटीएम को प्रकार | एससीटी – यूपीआई | भिसा | एससीटी | |
१ | एसिटि नेटवर्क नेपाल | नगद झिक्दा | २० | २० | २० |
बैलेंस सोधपुछ | १५ | ५ | ५ | ||
२ | भिसा नेटवर्क, नेपाल | नगद झिक्दा | २० | २० | २० |
बैलेंस सोधपुछ | १५ | २० | ५ | ||
३ | भिसा नेटवर्क, भारत | नगद झिक्दा | ३०० | ३०० | ३०० |
बैलेंस सोधपुछ | ५५ | ५० | ५५ |
* प्रथम पटक बैलेंस सोधपुछको नि:सुल्क र त्यस पछी प्रत्यक पटक नेरू २ / – लागू हुन्छ ।
** भारतमा डेबिट कार्डद्वारा कारोबार गर्दा एक्सचेंज ट्रेडिंग लेनदेन राशि को ०.१५% लागू हुन्छ।
एभरेष्ट डेबिट कार्ड लिने योग्यता
जुनसुकै व्यक्ति वा संस्थाले खाता भएअनुसार (बचत, चल्ती, प्रमिएम) जुनसुकै बैंकबाट पनि एभरेस्ट बैंकको यस डेबिट कार्ड लिन सक्छन् । खाता भइसकेका ग्राहकले जुनसुकै बेला यसको लागि आवेदन दिन सक्छन भने नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्ने बेलामा नै यो सेवा लिन सक्छन्।
एभरेष्ट बैंकको डेबिट कार्ड लिनका लागि गर्नुपर्ने प्रक्रियाहरू
- एभरेष्ट बैंकका जुनुसुकै शाखाबाट डेबिट कार्डको लागि चाहिने फाराम लिएर अथवा बैंकको वेभसाइटबाट EBL डेबिट कार्ड आबेदेन फारम फाराम डाउनलोड गर्ने ।
- फाराम भरेर डेबिट कार्डको भिजा नेटवर्क वा एसटिसी मध्ये कुनै एक छानेर नजिकैको शाखामा बुझाउने ।
- यदि तपाईँले कार्ड तुरुन्त लिन चाहेको हो भने, उही दिन Instant कार्ड र पिन कोड लिएर तुरुन्त सञ्चालन गर्न सकिने ।
- यदि तपाईँले नाम छपिएको कार्ड लिन चाहेको हो भने, केहि दिन केहि पछी नजिकैको शाखामा सम्पर्क गरी लिन सकिने ।
- पिन नं. हेरेर नजिकैको एटिएम बुथ वा पिओएसबाट तल भनिए बमोजिम कारोबार सुरू गर्न सकिने।
डेबिट कार्ड प्रयोग गर्ने तरिका के हो ?
आफ्नो पिन नं. सम्झने : कार्ड पाउने बित्तिकै खामबाट ४ अंकको पिन कोड हेरेर उक्त नम्बर सम्झनुहोस ।
पहिलो पटक PIN परिवर्तन: एससीटि कार्डबाहकको हकमा कार्ड प्रयोग गर्ने बेलामा नै एटिएमले पनि पिन कोड परिवर्तन गर भन्छ र तपाईँले आफूलाई उपयुक्त लाग्ने कोड राख्नुपर्नेछ । तर भिजा डेबिट कार्डको हकमा भने पहिलो पटक नै पनि परिवर्तन गर्नु भनेर एटिएमले भने वा नभने तापनि आफूलाई सहज लागेको बेलामा पनि कोड परिवर्तन गर्नुहोला ।
POS मा एटिएम कार्ड प्रयोग गर्ने तरिका: नगदको सट्टामा व्यापारिक स्थलमा व्यापारिको लागि कार्ड मार्फत रमक भुक्तानी गर्न निम्नानुसार तरिका अवलम्बन गर्नुहोला ।
- व्यापारीलाई कार्ड दिनुहोस् र त्यो पिओएस मेसिनमा राखेपछि आफूलाई चाहिएको रकमको अंक र पिन न. थिच्नुहोस् ।
- यसपछि मेसिनबाट दुईवटा रसिदहरू आउनेछ । एउटा व्यापारीले र एउटा तपाईँले लिनुहोस् ।
- व्यापारीले नगद फिर्ता (cash back) गर्ने सुविधा पनि राखेको हुन सक्छ, त्यस्तो बेला कार्डबाटै रकम फिर्ता लिन सक्नुहुनेछ, कागजी नोटको प्रयोग गरिरहनु पर्दैन ।
एटीएममा कार्ड प्रयोग गर्ने तरिका:
- कार्ड रिडरमा आफ्नो कार्ड हल्नुहोस ।
- तपाईँको आफ्नो चार अंकको पिन नं राख्नुहोस् ।
- नगद झिक्न, फास्टक्यास वा विथड्रल बटनमा थिच्नुहोस् ।
- विथड्रलमा ५०० रूपैँयाको गुणाङ्कमा नगद झिक्न सकिनेछ ।
- यसपछि नगद, एटिएम कार्ड र रकम झिकेको रसिद लिनुहोस् ।
कार्ड हराएमा, चोरी भएमा वा साट्न परेमा : यदि तपाईँको कार्ड हराएमा, चोरी भएमा वा आफ्नो पिन नं बिर्सिएमा बैंकमा तुरुन्त सम्पर्क गर्नुहोला जसले गर्दा तपाईँको कार्ड अरुले अनधिकृत रुपमा प्रयोग गर्न पाउँदैनन् ।
तपाईँको कार्ड ब्लक भएमा बैंकका शाखा कार्यलयबाट फेरी आवेदन दिएर नयाँ कार्ड पनि लिन सकिनेछ ।
सुरक्षाका उपायहरू र सुरक्षा मापन
- कृपया आफ्नो कार्डलाई नगदजस्तै गरी सुरक्षित बनाउनुहोस्, जथाभावी छाड्ने काम नगर्नुहोला ।
- कार्डको पछाडिपट्टि रहेको हस्ताक्षर खण्डमा कार्ड पाउनेबित्तिकै हस्ताक्षर गर्नुहोला ।
- कार्डको पिन कोड, एक विशेष किसिमको खाममा बन्द गरेर राखिएको हुन्छ, उक्त खामलाई खोलेर पिन कोड याद गर्नुहोला र खामलाई सुरक्षित स्थानमा फ्याँक्नुहोला ।
- कार्डसँगै लेखेर वा टिपेर पिन नं. नराख्नुहोला, जहिले पनि पिन नं. याद गरेर सम्झनुहोस् जसले गर्दा तपाइंको खाता सुरक्षित हुन्छ ।
- बैंकले तपाईंलाई कार्ड गरेपछि पनि कोड पहिलोपल्ट परिवर्तन गर्न अनुरोध गर्दछ र यसपछि पनि समय समयमा कोड परिवर्तन गर्नुहोला ।
- कार्ड तपाईँको व्यक्तिगत सम्पत्ति हो यसर्थ अन्य कसैलाई पनि कार्ड प्रयोग गर्न वा साझेदार बन्न नदिनुहोला ।
- कार्डमार्फत् तपाईँले गरेका सबै कारोबारको हिस्सेदार तपाईँ स्वयं नै हुनुपर्दछ यसर्थ कार्ड रपिनलाई सँधै सुरक्षित गर्नुहोस् ।
- यदि कार्ड हराएमा नजिकैको बैंकमा तुरुन्त खबर गरेर उक्त कार्ड ब्लक गर्नुहोला ।
- जहिले पनि एटिएम प्रयोगपछि प्राप्त रसिद आफूसँगै राख्नुहोला र खाताको पूर्ण विवरण हेर्दा विवरणसँग रसिद दाँजेर हेर्नुहोला ।
- नियमित रुपमा आफ्नो खाताको कारोबार रुजु गर्नुहोला, यदि त्यसबखत केही बेमेल देखिएमा ३० दिनभित्र बैंकमा सम्पर्क गर्नुहोला ।
- कार्डलाई बङ्ग्याउने, घाममा राख्ने, ताप र बिधुतमा राख्ने काम नगर्नुहोला ।
नियम र शर्तहरू
कार्डको प्रयोग र यसपछि गर्नुपने कर्तव्य र शर्तको बारेमा जानकारी लिन कार्ड आवेदन फारामको पछडि हेर्नुहोला वा बैंकको वेभसाइटमा रहेको ‘ नियम र शर्तहरू ‘ क्लिक गर्नुहोला ।
विस्तृत सम्पर्कका लागि :
डेबिट कार्डबारे थप जानकारी लिन र असुविधाको लागि निम्न ठेगानमा फोन वा इमेल गर्न सक्नुहुनेछ:
हटलाइन : ०१-४५४३३७७
इमेल: [email protected]