प्रोफाइल

संक्षिप्त प्रोफाइल

१५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको यस एभरेष्ट बैंक लिमिटेड तपाईँले विश्वास गर्न योग्य, व्यवसायिक कार्यक्षमता भएको बैंक हो । सन् १९९४ मा स्थापना भएको यस बैंक, समाजका हरेक क्षेत्रमा लागानी र व्यापारिक सुविधा दिएर नेपालकै अग्रणी बैंक बनेको छ । बैंकले सेवाग्राहीको मात्र नभएर सिङ्गो देशको, व्यापारको, कृषिको र उद्योगको हितमा कार्य गरेको छ ।

संजाल

एभरेष्ट बैंकले एबिबिएस सिस्टमबाट देशैभरीका स्थानबाट ग्राहकमैत्री सेवा प्रवाह गर्दै आएको छ । बैंकको नेपालभरी रहेका १३३ वटा शाखाहरू, १६३ वटा एटिएम बुथहरू, र ३३ वटा राजस्व संकलन र ४ विस्तारित काउन्टरले सेवाग्राहीलाई अत्यन्त सक्षम कार्यक्षमताका साथ जुनसुकै स्थानमा जुनसुकै बेला सेवाप्रवाह गरिरहेको छ ।

संयुक्त साझेदार *

पञ्जाब नेशनल बैंकले एभरेष्ट बैंकको कूल २० प्रतिशत पूँजीभार बहन गर्दै संयुक्त साझेदार (जोयन्ट भेन्चएर पार्टनर) हुँदै आएको छ । पञ्जाब बैंक भारतको राष्ट्रिय बैंकहरूमा पर्ने देशकै केन्द्रीय स्थानमा शाखा भएको बैंक हो ।

बैंकले हाल १०,२६१ घरेलु शाखा, २ अन्तर्राष्ट्रिय शाखा, ११,१०९ एटिएम र ३२, ८०९ व्यापार संवाददाताको नेटवर्कमा ५४,१७९ घरेलु डेलिभरी च्यानलहरू उपलब्ध गराएको छ । बैंकको गिफ्ट सिटी, अहमदाबाद र दुबईमा २ वटा अन्तर्राष्ट्रिय शाखाहरू छन्। बैंकका दुई विदेशी सहायक कम्पनीहरू छन् – पीएनबी इन्टरनेशनल लिमिटेड लन्डन र ड्रुक पीएनबी बैंक लिमिटेड भुटान। बैंकको म्यानमार र बंगलादेशमा प्रतिनिधि कार्यालयहरू छन्।

संयुक्त साझेदार नाताले पनि बैंकले एभरेष्ट बैंकलाई प्राविधिक सेवा सम्झौताबमोजिम उच्च तहको व्यवस्थापकीय सहायता प्रदान गर्दै आइरहेको छ ।

*डिसेम्बर २०२५ सम्मको तथ्याङ्क