प्रयोगका शर्तहरू

वेबसाईटमा राखिएका सामग्रीहरु आफ्नो स्वोबिबेकमा कुनै पनि समय सुधार गर्ने वा अपडेट गर्ने अधिकार एभरेष्ट बैंक लिमिटेड (EBL) बैंक सँग सुरक्षित रहने छ ।

EBLले यो वेबसाइट सामान्य जानकारीको लागि उपलब्ध गराउँदछ ।

तपाइँले वेबसाईटमा प्रकाशित समाग्रीहरु व्यक्तिगत प्रयोगको लागि मात्र डाउनलोड गर्न सक्नुहुनेछ, ब्यापारिक प्रयोगको लागि उपायोग गर्न पाइने छैन ।

यस वेबसाइटको सामग्री आंसिक वा पूर्णरुपमा मुद्रित गर्न, वितरित गर्न, प्रसारित गर्न, परिमार्जित गर्न, प्रदर्शित गर्न वा अन्यथा पुन: तयार गर्न EBL को पूर्व स्विकृती बिना पाईने छैन ।

हुनत वेबसाइटमा राखिने सामग्री सावधानी पूर्वक राखिनेछ तथापि, कुनै फरक भएमा, EBL द्वारा जारी गरिएको मुद्रित जानकारीलाई सही जानकारीको रूपमा मानिनेछ ।