साना तथा मझौला उद्यम कर्जा

उद्देश्य
  • व्यापार, उत्पादन, प्रशोधन वा सेवाको क्षेत्रमा व्यवसाय सञ्चालन गर्नको लागि चालु सम्पत्ति वा स्थिर सम्पत्तिमा लगानी गर्न ।
योग्यताको सञ्चालनमा रहेको व्यवसायको हकमा
सम्बन्धित सरकारी निकाय, नगरपालिका वा गाउँपालिकामा दर्ता भई कम्तिमा दुई वर्षदेखि नाफमा सञ्चालन रहेको व्यवसाय हुनुपर्छ । यस प्रयोजनको लागि व्यवसायको नगद नाफालाई पनि मान्यता दिन सकिनेछ ।नयाँ व्यवसायको हकमा
सम्बन्धित सरकारी निकाय, नगरपालिका वा गाउँपालिकामा दर्ता भई एक वर्ष भन्दा कम समयदेखि सञ्चालनमा रहेको व्यवसायलाई नयाँ व्यवसाय मानिनेछ । तर व्यवसायको मालिक, साझेदारहरु, सञ्चालक वा व्यवसाय सञ्चालन गर्ने मुख्य व्यक्तिको सम्बन्धित क्षेत्रमा कम्तिमा दुई वर्षको अनुभव हुनुपर्नेछ ।
सुविधा
  • यस कर्जा अन्तर्गत देहाय बमोजिमका कर्जा सुबिधाहरु प्रदान गरिनेछः
  • चालुपूजी कर्जा (अधिविकर्ष कर्जा, अल्पकालिन माग कर्जा, माग कर्जा, ट्रष्ट रिसिप्ट कर्जा, प्रतितपत्र वा बैंक जमानतपत्र)

स्थिर सम्पत्ति खरिदको लागि आवधिक वा दिर्घकालिन कर्जा

सीमा
सञ्चालनमा रहेको व्यवसायको हकमाः नयाँ व्यवसायकोे हकमाः
रू ५००.०० लाख भन्दा कम रू २५०.०० लाख सम्म
ब्याज दर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
सुरक्षा

प्राथमिक सुरक्षण
चालुपूँजी कर्जाको हकमाः बैँकको नाममा मौज्दाद र आसामि हाइपोथिकेशन
दीर्घकालीन कर्जाको हकमाः बैँकको नाममा स्थिर सम्पत्तिको हाइपोथिकेशन
गैरकोषमा आधारित कर्जाको हकमाः उचित नगद मार्जिन

धितो सुरक्षण
सञ्चालनमा रहेको व्यवसायको हकमाः ऋण रकमको कम्तिमा १२५% मूल्य बराबर आवासीय, व्यापारिक तथा औद्योगिक घरर जग्गाको धितो सुरक्षण ।
नयाँ व्यवसायकोे हकमाः ऋण रकमको कम्तिमा १५०% मूल्य बराबर आवासीय, व्यापारिक तथा औद्योगिक घर र जग्गाको धितो सुरक्षण ।
बैंकलाई मान्य हुने व्यक्तिको व्यक्तिगत जमानी ।

विकल्पहरू
  • दीर्घकालीन कर्जाको हकमाः बढीमा १० वर्षसम्म
  • चालुपुँजी कर्जाको हकमाः सन्तोषजनक कार्य सम्पादन भएको खण्डमा नवीकरण तथा समीक्षा गर्ने गरी १ वर्षको अवधिका लागि प्रदान गर्न सकिनेछ ।
बीमा
  • बैंकको नियम अनुसारको व्यापक बीमा ।

Get Us to Call You Back