खाता खोल्दा आवश्यक कागजातहरु

ग्राहकको खाता खोल्दा ग्राहकको प्रकृति अनुसार देहायका विवरण तथा कागजातहरु लिनु पर्नेछ ।

(क) व्यक्तिगत खाता (नेपाली नागरिकको हकमा)

  • नागरिकता, राहदानी, मतदाता परिचयपत्र, सवारीचालक अनुमतिपत्र
  • नावालकको हकमा, जन्म दर्ता प्रमाणपत्र वा नावालक परिचयपत्र प्रमाणपत्र, अभिभावक वा संरक्षकको नागरिकता/राहदानी/मतदाता परिचयपत्र/सवारीचालक अनुमतिपत्र
  • नागरिकता नलिएको नेपाली नागरिकको हकमा, गाउँपालिका वा महा/उपमहा/नगरपालिकाको सिफारिस सिफारिस
  • स्थायी लेखा नम्बर (उपलब्ध भएको/अन्य निर्देशन बमोजिम आवश्यक भएको हकमा मात्र)
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(ख) शरणार्थीको हकमा

  • नागरिकताको सट्टा नेपाल सरकार वा अन्य आधिकारिक निकायले दिएको परिचय– पत्र
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो

(ग) साझेदारी वा व्यक्तिगत फर्मको खाता

  • दर्ताको प्रमाणपत्र, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार अनुमतिपत्र वा नवीकरणकोप्रमाणपत्र
  • स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र
  • व्यवसाय/कारोबारको किसिम, कार्यक्षेत्र
  • प्रोप्राइटर, साझेदार र खाता सञ्चालकहरुको विवरण, फोटो र नागरिकता वा राहदानी वा मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र
  • पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र वा कर दाखिला विवरण, फर्मका साझेदार बीच भएको कबुलियतनामा
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(घ) कम्पनीको खाता

  • दर्ताको प्रमाणपत्र, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार घडठ अनुमतिपत्र वा नवीकरणको प्रमाणपत्र, स्थायी लेखा नम्बर
  • कम्पनीको प्रबन्धपत्र र नियमावली
  • सञ्चालक, व्यवस्थापन समितिका पदाधिकारी, कार्यकारी प्रमुख, खाता सञ्चालकहरु र उच्च व्यवस्थापकको व्यक्तिगत विवरण
  • दश प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनीको व्यक्तिगत विवरण, फोटो र नागरिकता वा राहदानी वा मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र
  • सञ्चालक, कार्यकारी प्रमुख र खाता सञ्चालकहरुको पासपोर्ट साईजको फोटो र नागरिकता वा राहदानी वा मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र ।
  • कम्पनीको दश प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व धारण गर्ने कानुनी व्यक्ति (कम्पनी, संस्था) को हकमा सो कानुनी व्यक्तिको दश प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनीकोव्यक्तिगत विवरण, नागरिकता वा राहदानी
  • पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र
  • खाता खोल्ने र खाता सञ्चालन गर्ने सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय र अख्तियारी
  • सञ्चालक समितिले कार्यकारी प्रमुख र अन्य अधिकृत कर्मचारीलाई आर्थिक कारोबारको सम्बन्धमा प्रदान गरेको अख्तियारी
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(ङ) क्लब/गैरसरकारी संघ/संस्थाको खाता

  • दर्ताको प्रमाणपत्र, संस्था दर्ता प्रमाणपत्रको छबिचित्र, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार अनुमतिपत्र वा नवीकरणको प्रमाणपत्र, विधान
  • स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र
  • कार्यकारी प्रमुख र खाता सञ्चालकहरुको व्यक्तिगत विवरण, फोटो र नागरिकता वा राहदानी वा मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र
  • पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
  • खाता खोल्ने सम्बन्धी कार्य समितिको निर्णय, खाता सञ्चालन तथा आर्थिक कारोबार सम्बन्धी अख्तियारी
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(च) सहकारी संस्थाको खाता

  • दर्ताको प्रमाणपत्र, संस्था दर्ता सम्बन्धी प्रमाणपत्रको छबिचित्र, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार अनुमतिपत्र वा नवीकरणको प्रमाणपत्र
  • स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र
  • सञ्चालक, कार्यकारी प्रमुख र खाता सञ्चालकहरुको व्यक्तिगत विवरण, पासपोर्ट साईजको फोटो र नागरिकता वा राहदानी वा मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र ।
  • पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र वा कर दाखिला विवरण
  • संस्थाको विनियम
  • खाता खोल्ने सम्बन्धी सञ्चालक समितिको निर्णय र आर्थिक कारोबार गर्ने सम्बन्धी अख्तियारी
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(छ) सार्वजनिक गुठी वा निजी गुठीको खाता

  • दर्ताको प्रमाणपत्र, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार अनुमतिपत्र वा नवीकरणको प्रमाणपत्र
  • स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र
  • शाखा/कार्यालय संख्या र मुख्य–मुख्य शाखा/कार्यालयहरु रहेको स्थान
  • सञ्चालक वा व्यवस्थापन समितिका सदस्य वा त्यस्तै कार्यका लागि गठन भएको अन्य कुनै समिति भए त्यसका पदाधिकारी, कार्यकारी प्रमुख र खाता सञ्चालकहरुको विवरण पासपोर्ट साईजको फोटो र नागरिकता वा राहदानी वा मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र तथा सञ्चालक वा व्यवस्थापन समितिका सदस्यहरुको ठेगाना खुल्ने कागजात
  • पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको कर दाखिला विवरण
  • विधान
  • गुठी स्थापना सम्बन्धी भएको कबुलियतनामा, गुठी स्थापना सम्बन्धी प्रमाणपत्रको प्रमाणित छबिचित्र
  • खाता खोल्ने सम्बन्धी सञ्चालक/व्यवस्थापन समितिको निर्णय र आर्थिक कारोबार सम्बन्धी अख्तियारी
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(ज) स्कुल वा क्याम्पसको खाता

  • दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बरस्थायी लेखा नम्बरवा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र नम्बर
  • कम्पनीको प्रबन्धपत्र र नियमावली
  • सञ्चालक वा व्यवस्थापन समितिका सदस्य वा त्यस्तै कार्यका लागि गठन भएको अन्य कुनै समिति भए त्यसका पदाधिकारी, कार्यकारी प्रमुख र खाता सञ्चालकहरुको विवरण, पासपोर्ट साईजको फोटो र नागरिकता वा राहदानी वा मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र ।
  • पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको कर दाखिला विवरण
  • संस्था स्वीकृतिको प्रमाणपत्रको प्रमाणित छबिचित्र
  • सञ्चालक/व्यवस्थापन समितिले खाता खोल्ने सम्बन्धी गरेको निर्णय र आर्थिक कारोबार सम्बन्धी दिएको अख्तियारी
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

( झ ) अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खाता

  • दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बरवा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र नम्बर
  • शाखा/कार्यालय संख्या र मुख्य–मुख्य शाखा/कार्यालयहरु रहेको स्थान
  • सञ्चालक, कार्यकारी प्रमुख, नेपालका लागि नियुक्त प्रतिनिधि वा प्रमुख र खाता सञ्चालकहरुको व्यक्तिगत विवरण ,पासपोर्ट साईजको फोटो र नागरिकता वा राहदानी वा मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र ।
  • पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, कर विवरण दाखिला गर्नुपर्ने संस्थाको हकमा पछिल्लो आर्थिक वर्षको कर दाखिला विवरण
  • समाज कल्याण परिषद्र संस्था बीच कुनै सम्झौता भएको भए सम्झौताको प्रतिलिपी
  • नेपाल सरकारसँग कुनै सम्झौता भएको भए सो सम्झौता
  • नेपालको कुनै आधिकारिक निकाय वाट सम्बन्धन वा स्वीकृति लिइसकेका अन्तर्राष्ट्रिय गै.स.सं. बाहेक अन्य अन्तर्राष्ट्रिय गै.स.सं.को हकमा सम्बन्धित देश वा सोदेशको राजदूतावासको सिफारिस पत्र ।
  • संस्थाको विधान
  • संस्थाले खाता खोल्न दिएको अख्तियारी र आर्थिक कारोबार गर्न दिएको अख्तियारी
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(झ) विदेशी व्यक्तिको खाता

  • राष्ट्रियता, विदेशको ठेगाना, नेपालको ठेगाना, म्याद ननाघेको भिसाको प्रमाणित छबिचित्र
  • कर्मचारी भए कार्यरत संस्थाको नाम, ठेगाना, सम्पर्क नं. र सिफारिस पत्र
  • राहदानी नभएका भारतीय नागरिकको हकमा भारतीय कानुन बमोजिम नागरिक हो भनी लिएको घढज्ञ प्रमाणपत्र, सम्बन्धित संस्थाले आवश्यक ठानेमा भारतीय राजदुतावासको पत्र समेत माग गर्न सक्नेछ ।
  • शरणार्थीको हकमा सम्बन्धित सरकारी वा अन्तर्राष्ट्रिय निकायले दिएको परिचयपत्र
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(ञ) विदेशी कम्पनीको खाता

  • विदेशी कम्पनीको विदेशमा रहेको व्यावसायिक कार्यालयको ठेगाना, विदेशी कम्पनीको नेपाल स्थित कार्यालयको पुरा ठेगाना
  • नेपाल स्थित कार्यालयको किसिम (शाखा, सम्पर्क, परियोजना वा अन्य कुनै)
  • विदेशमा दर्ताको प्रमाणपत्र, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार अनुमतिपत्र वा नवीकरणको प्रमाणपत्र
  • नेपालमा दर्ता भएको भए सो सम्बन्धी विवरण तथा कागजात
  • शाखा/कार्यालय संख्या र मुख्य–मुख्य शाखा/कार्यालयहरु रहेको स्थान
  • कम्पनीको प्रबन्धपत्र, नियमावली
  • वैदेशिक कम्पनीले खाता खोल्न दिएको अख्तियारी तथा कारोबार गर्न दिएको अख्तियारी
  • वैदेशिक कम्पनीको सञ्चालक र कार्यकारी प्रमुखको व्यत्तिगत विवरण, नेपालका लागि नियुक्त गरिएको प्रतिनिधि र खाता सञ्चालकको व्यक्तिगत विवरण पासपोर्ट साईजको फोटो, नागरिकता वा राहदानीको छबिचित्र र ती व्यक्तिहरुको ठेगाना पुष्टी हुने कागजात
  • पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको कर दाखिला विवरण
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(ट) कुटनैतिक नियोग/राजदूतावासको खाता

  • नियोग/राजदूतावासको पत्र
  • खाता सञ्चालन सम्बन्धी अख्तियारी
  • खाता सञ्चालकको नाम, थर, ठेगाना, फोटो तथा ठेगाना प्रमाणित हुने कागजात
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(ठ) गैरआवासीय नेपाली नागरिकको खाता

  • विदेश स्थित स्थायी र हालको वसोवास वा कार्यरत निकायको पुरा ठेगाना र तत्काल सम्पर्क गर्न सकिने माध्यम
  • आय स्रोत खुल्ने कागजातहरु
  • नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गैरआवासीय नेपाली परिचय पत्रको छबिचित्र
  • राहदानीको प्रमाणित छबिचित्र
  • सम्बन्धित संस्थाले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरु ।

(ड) उपभोक्ता समितिको खाता

  • सम्बन्धित उपभोक्ता समितिबाट उपभोक्ता समिति गठन गरिएको निर्णय र खाता संचालन गर्ने सम्बन्धमा गरेको निर्णयको प्रतिलिपि
  • स्थानीय तहबाट उपभोक्ता समितिको नाममा बैंक खाता संचालन गर्नका लागि खाता संचालकको नाम सहित गरेको सिफारिस पत्र
  • खाता सञ्चालकहरुको पासपोर्ट साईजको फोटो र नागरिकता वा पासपोर्ट वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र
  • उपभोक्ता समिति कुनै निकायमा दर्ता भएको भए त्यस्तो दर्ता प्रमाण–पत्रको छविचित्र ।

(ढ) सरल खाता सन्चालन

  • पासपोर्ट साईजको फोटो र नागरिकता वा राहदानी वा मतदाता परिचय–पत्र वा सवारी चालक अनुमतिपत्रको छविचित्र
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
  • सरल ग्राहक पहिचान विवरण
  • कुनै बैंकमा खाता छैन भन्ने स्वोघोसधा फारम

नोट : आर्थिक वर्ष समाप्त भई लेखा परीक्षण सम्पन्न गराउने तथा कर दाखिला विवरण पेश गर्ने सम्बन्धमा कानुनले निर्दिष्ट गरेको समयावधिभित्र कुनै संस्थाको खाता खोल्नु परेमा सो आर्थिक वर्षको भन्दा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा कर दाखिला विवरण लिई खाता खोल्न सकिने छ । घढघ अनुसूची