उल्लेखनिय उपलब्धि र पुरस्कारहरू

अग्रणी उपलब्धीहरू

  • एभरेष्ट बैंक सबै शाखाबाट सम्पूर्ण बैकिङ सेवा दिने (एबीबीएस) नेपालकै पहिलो बैंक हो ।
  • बैंकले पहिलोपल्ट बिर्तामोड शाखाबाट बैकिङ कारोबार र सेवाबाट बञ्चित सेवाग्राहीको लागि यातायात बैकिङ सेवा पनि सञ्चालन गरेको थियो ।
  • बायोमेट्रि मेसिनको सहायताबाट बैकिङ पहुँच नपुगेका नेपालीहरूको लागि बैंकले नेपालकै पहिलो पटक शाखारहित बैंकिङ सेवा प्रदान गरेको ।
  • बैंकले नेपालमा नै पहिलो पटक इ–बैंकिङ (इन्टरनेट बैकिङ) को सुरुवात गरी ग्राहकलाई यती एयरलाइन्सको टिकट काट्ने व्यवस्था गरेको ।
  • अनलाइनबाट नै भुक्तानी गर्न सकिने प्रविधि नेपाल टेलिकम / पिएसटिएन /एडिएसएल /एनसिएल बाट व्यवस्था गरिएको।
  • बैंकले कृषिलाई अत्यन्त प्राथमिकतामा राख्दै राजविराजमा ‘कृषि उद्यम विकास शाखा’ खोलेको ।
  • बैंकले नेपालमै पहिलोपटक ‘नगद जम्मा गर्ने काउन्टर÷बुथ’ खोली ग्राहकलाई सजिलैसँग शाखा नभएको स्थानबाट पनि रकम जम्मा गर्ने व्यवस्था गरेको ।
  • ‘बैकिङ सोधपुछका लागि मिसकल गर्ने सेवा’ शुरू गरी ग्राहकलाई ०१–४४४३३७४ मा सम्पर्क गर्ने व्यवस्था पहिलोपटक मिलाइएको ।

बैंकले प्राप्त गरेका अवार्डहरू

  • एभरेष्ट बैंकले उत्कृष्ट व्यवस्थापन भएको वाणिज्य बैंकको अवार्ड एसियन पेन्ट न्यूबिज अवार्ड २०१९ प्राप्त गरेको छ ।
  • एभरेष्ट बैंकले उत्कृष्ट व्यवस्थापन भएको वाणिज्य बैंकको अवार्ड एसियन पेन्ट न्यूबिज अवार्ड २०१८ प्राप्त गरेको छ ।
  • एभरेष्ट बैंकले उत्कृष्ट व्यवस्थापन भएको वाणिज्य बैंकको अवार्ड एसियन पेन्ट न्यूबिज अवार्ड २०१३ प्राप्त गरेको छ ।
  • कारोबार राष्ट्रिय दैनिकले गरेको मापनमा बैंक ग्राहक सेवा र शाखा सञ्जालको आधारमा १ नम्बरको बैंक बन्न सफल भएको छ ।
  • फाइनान्सियल टाइम्स लण्डनले प्रकाशन गर्ने ‘दी बैंकर’ नामक जर्नलको वर्षको उत्कृष्ट बैंक, २००६ ‘बैंक अफ दी इयर’ मा पर्न सफल भएको छ ।
  • आर्थिक क्षेत्रमा गरेको उत्कृष्ट प्रदशनका कारण नेपाल भारत चेम्बर अफ कमर्सले ‘एनआइसीसीआई सवोत्कृष्ट अवार्ड’ सम्मान प्रदान गरेको छ ।