अनलाइन बिप्रेसन पोर्टल

बैंकको शाखा नभएको स्थानमा सरल तथा सहज रुपमा वित्तीय पहुँच पु¥याउनका लागि ल्याइएको एक अवधारणा हो शाखारहित बैंकिङ सेवा । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्रहीलाइ व्यावसायिक प्रतिनिधि (Business Correspondent) का रुपमा सम्झौता गरिन्छ । व्यावसायिक प्रतिनिधि (Business Correspondent) ले बैंकले उपलब्ध गराएको मेशिन मार्फत स्थानीयलाइ खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स— सानो ऋण लगानीलगायत सेवादिन्छन् । बैंक तथा वित्तीय संस्थाले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने व्यवस्था छ ।

एभरेष्ट बैंकले ४९ व्यावसायिक प्रतिनिधि (Business Correspondent) मार्फत सेवाहरु दिइराखेको छ ।

योग्यता – एभरेष्ट बैंकमा खाता भएका सबै साक्षर व्यक्तिहरु अथवा पहिला खाता नभएका नयां ग्राहकहरु जसले मोबाइल फोन (एनटिसी वा एनसेल) चलाउँछन उनीहरु व्यावसायिक प्रतिनिधि (Business Correspondent) मार्फत यो सेवाको लागि दर्ता गर्न सक्छन ।

खाता खोल्ने र दर्ताको प्रकिया :

१. खाता खोल्न मोबाइल एटिएम खाता खोल्ने फारम र ग्राहक पहिचान फारम भर्नुहोस ।
२. पहिला नैं खाता भएको ग्राहकले दर्ता गर्न मोबाइल एटिएम खाता खोल्ने फारममा खाता नं. उल्लेख गरेर फारम भर्नुहोस ।
३. व्यावसायिक प्रतिनिधि (Business Correspondent) ले आवश्यक प्रकिया गर्नेछन् ।
४. खाता खुलिसकेपछि ग्राहकले दर्ता गरेको मोबाइलमा खाता नं., खातामा रहेको मौज्दात रकम र मोबाइल एटिएमको पिन नं सहितको सुचना एसएमएस मार्फत प्राप्त गर्दछ ।

खाताको रकम निकाल्ने प्रकिया :

खातावाल ग्राहकले दर्ता गरेको मोबाइल मार्फत निम्न लिखित एसएमएस पठाउनुहोस ।

१. सेल्फ˂स्पेस˃ रकम ˂स्पेस ˃ पिन नं. टाइप गरि ३२२४४ मा एसएमएस पठाउनुहोस ।
२. उक्त आरआइ नं. नजिकैको व्यावसायिक प्रतिनिधि (Business Correspondent) लाइ आफ्नो परिचयपत्र सहित देखाइ रकम भुक्तानी लिन सक्नेछ ।
३. रकमको भुक्तानी भैसकेपछि ग्राहकले मोबाइलमा निकालेको रकम सहितको एसएमएस प्राप्त गर्दछ।
४. रकम झिक्न अनुरोध गरे पश्चात १ घण्टा भित्र रकम भुक्तानी लिन नगएमा सो अनुरोध स्वतः रद्द हुनेछ र रकम झिक्नु परेमा फेरी माथिको प्रकिया पुनः दोहोराउनु पर्छ ।

खातामा रकम जम्मा गर्ने प्रकिया :

१. खातावालले व्यावसायिक प्रतिनिधि (Business Correspondent) समक्ष आफुले जम्मा गनेै रकम, आफनो खाता नं. सहित बुझाउनुहोस ।
२. व्यावसायिक प्रतिनिधि (Business Correspondent) ले आवश्यक प्रकिया गर्नेछन् ।
३. खातामा रकम जम्मा भैसकेपछि ग्राहकले रकम जम्मा गरेको प्रमाणस्वरुप भौचर प्राप्त गर्दछ ।
४. रकम जम्मा भैसकेपछि ग्राहकले मोबाइलमा जम्मा गरेको रकमकोे एसएमएस प्राप्त गर्दछ ।

पैसा निकाल्ने अनुरोध रद्घ गर्ने प्रकिया :

एकपटक पैसा निकाल्न गरेको अनुरोध रद्घ गर्न, रकम परिवर्तन गरेर फेरी नया अनुरोध गर्न निम्नानुसार प्रकिया गनुहोस ।

१. क्यान्सील˂स्पेस˃आरआइ नं.˂स्पेस˃पिन नं. टाइप गरि ३२२४४ मा एसएमएस गर्नुहोस ।
२. ग्राहकले तुरुन्त क्यान्सीलको एसएमएस प्राप्त गर्नुहुनेछ ।

पिन परिवर्तन गर्नुपरेमा :

१. पिन˂स्पेस˃हालको पिन नं.˂स्पेस˃नयाँ पिन नं.˂स्पेस˃ टाइप गरि ३२२४४मा एसएमएस पठाउनुहोस ।
२. ग्राहकले तुरुन्त नयाँ पिन नं. एसएमएस मार्फत प्राप्त गर्नुहुनेछ ।

आफनो खाताको विवरण (STATEMENT) हेर्नुपरेमा

१. एसटीएमटी˂स्पेस˃ पिन नं. टाइप गरि ३२२४४ मा एसएमएस गर्नुहोस ।
२. ग्राहकले तुरुन्त हालको कारोवार सहितको विवरण एसएमएस मार्फत प्राप्त गर्नुहुनेछ ।

खाताको मौज्दात रकम हेर्नुपरेमा :

१. ब्याल(bal)˂स्पेस˃पिन नं.टाइप गरि ३२२४४ मा एसएमएस गर्नुहोस ।
२. ग्राहकले तुरुन्त हालको खाताको मौज्दात रकमको जानकारी एसएमएस मार्फत प्राप्त गर्नुहुनेछ ।

कारोबारको सिमा :

यो शाखारहित बैंकिङ मार्फत ग्राहकले निम्नानुसारको सिमा भित्र रहेर सेवा लिन सक्नेछन् ।

एक पटक निकाल्ने सिमा     — रु २५,०००/-

एक दिनमा निकाल्ने सिमा    — रु १००,०००/-

एक पटकमा जम्मा गर्ने सिमा — रु ४००,०००/-

एक दिनमा जम्मा गर्ने सिमा  — रु १०,००,०००/-

ग्राहकलाइ कारोवार गर्दा लाग्ने शुल्क

खातामा रकम जम्मा गर्दा कुनै शुल्क लाग्दैन ।

रकम निकाल्दा — रु ५,०००/- सम्म रु ५ /-

                        — रु ५,०००/- देखि रु १  थप प्रति रु १००० मा


Send us your inquiry or question.

DO YOU HAVE AN ACCOUNT AT EVEREST BANK?*