एकीकृत ट्याब बैंकिंग

बैंकले ग्राहकलाइ दिने सेवासुविधामा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ मार्फत नयाँ उपकरण (integrated tablet device) को शुरुवात गरिएको छ । यसमा निम्न लिखित विशेषताहरु रहेका छन् ।

१. बायोमेट्रिक प्रमाणीकरण
२. कार्ड रिडर
३. प्रिन्टर
४. क्यामेरा र स्क्यानर

योग्यता : साक्षर र लेखपढ गर्न नसक्ने दुवै ग्राहकहरु जसले मोबाइल (एनसेल वा नेपाल टेलिकम) सेवा लिएका छन् उनीहरुले यो मेशिन मार्फत कारोवार गर्न सक्नेछन् ।

 

खाता खोल्ने र दर्ताको प्रकिया:

१. खाता खोल्न मोबाइल एटिएम खाता खोल्ने फारम र ग्राहक पहिचान फारम भर्नुहोस ।
२. पहिला नैं खाता भएको ग्राहकले दर्ता गर्न मोबाइल एटिएम खाता खोल्ने फारममा खाता नं. उल्लेख गरेर नागरिकता सहित दिनुहोस ।
३. नयाँ खाता खोल्नको लागि नागरिकता, फोटो, बिजुली वा पानीको बिल ,खाता खोल्न भरेको फारमको उक्त मेशिन बाट फोटो खिच्नुहोस् । साथै औंठाछाप पनि उक्त मेशिनबाटै लिनुहोस् ।
४. अभिकर्ताले आवश्यक प्रकिया पुरा गर्ने क्रममा ग्राहकले दर्ता गरेको मोबाइलमा ओटीपि(वान टाइम पासवर्ड) प्राप्त गर्नेछन् जुन खाता खोल्ने क्रममा उक्त मेशिनमा राख्नुहोस् ।
५. खाता खुलिसकेपछि ग्राहकले खाता नं. सहितको जानकारी दर्ता गरेको मोबाइलमा एसएमएस मार्फत प्राप्त गर्दछ ।

खाताको रकम निकाल्ने प्रकिया :

१. खाताको रकम निकाल्नको लागि ग्राहकले खाता नं. सहितको आफनो ल्याप्चे उक्त मेशिनमा लगाउनुपर्दछ ।
२. प्रकिया पुरा भैसकेपछि ग्राहकले रकम निकालेको प्रमाणस्वरुप सिस्टम जेनेरेटेड रसिद र दर्ता गरेको मोबाइलमा एसएमएस प्राप्त गर्दछ ।

 

खातामा रकम जम्मा गर्ने प्रकिया :

१. जम्मा गर्ने रकम खाता नं. सहित नजिकको व्यावसायिक प्रतिनिधि (BUSINESS CORRESPONDENT)  दिनुहोस ।
२. प्रकिया पुरा भैसकेपछि ग्राहकले रकम निकालेको प्रमाणस्वरुप सिस्टम जेनेरेटेड रसिद र दर्ता गरेको मोबाइलमा एसएमएस प्राप्त गर्दछ ।
३. व्यावसायिक प्रतिनिधि (BUSINESS CORRESPONDENT) ले उक्त मेशिनमा आवश्यक प्रकिया गर्नेछन ।
४. ग्राहकले रकम जम्मा गरेको प्रमाणस्वरुप सिस्टम जेनेरेटेड भौचर प्राप्त गर्नेछन ।
५. खातामा रकम जम्मा भैसकेपछि ग्राहकले दर्ता गरेको मोबाइलमा खाता नं. र जम्मा गरेको रकम सहितको एसएमएस प्राप्त गर्नेछन् ।

 

खाताको मौज्दात सोधपुछ :

खाताको रकम जानकारी लिन खाता नं. व्यावसायिक प्रतिनिधि(BUSINESS CORRESPONDENT) लाइ दिनुहोस र औंलाको ल्याप्चे उक्त मेशिनमा लगाउनुहोस । खातामा कति रकम बाँकी छ भन्ने कुरा उक्त मेशिनको स्क्रिनमा देख्न सकिन्छ ।

 

कारोबारको सिमा :

एक पटक निकाल्ने सिमा     — रु २५,०००/-

एक दिनमा निकाल्ने सिमा    — रु १००,०००/-

एक पटकमा जम्मा गर्ने सिमा — रु ४००,०००/-

एक दिनमा जम्मा गर्ने सिमा  — रु १०,००,०००/-

 

ग्राहकलाइ कारोवार गर्दा लाग्ने शुल्क :

खातामा रकम जम्मा गर्दा कुनै शुल्क लाग्दैन ।

रकम निकाल्दा — रु ५०,०००/- निशुल्क

                            रु ५०,०००/- देखि रु १  थप प्रति रु १००० मा