एभरेष्ट बैंकद्वारा CSRअन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यामिक विद्यालयलाई आर्थिक सहयोग
August 22, 2022एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा बैंकले एक कार्यक्रमका बिच मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि रु ४७९,९१०।– (अक्षेरुपी चार लाख उनान्सत्तरी हजार नौ सय दश मात्र) आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका CSR Committee का तर्फबाट सदस्य डा. गणेश राज गुरुङ्गले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्री महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गर्नुभयो । यस बाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख श्री पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ ATM सहित विश्वव्यापी नेटवर्कबाट
अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।