एभरेष्ट बैंक लिमिटेडको लाभांश पारित सम्बन्धमा जारी गरेको प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक लिमिटेडको २६ औं बार्षिक साधारण(सभा मिति २०७७/ ०९/ २७ मा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न साधारण(सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६/ ०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ।

साधारण(सभाले शेयरधनीहरुलाई आ।ब २०७६/ ०७७ का लागि ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै जुममार्फत शेयरधनीहरुका धारणासमेत सामवेश गरेको बैंकले जनाएको छ ।
मिति २०७७/०९/२७ मा सम्पन्न २६ औं बार्षिक साधारण(सभाबाट आगामी ४ बर्षका लागि सर्वसाधारण शेयरधनिहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक श्री नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएको भनि निर्वाचन अधिकृतले घोषणा गर्नु भयो ।