एभरेष्ट बैंक द्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाआयोजित एक विशेष कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा पर्यटनलाई प्रर्वद्दन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रुपमा यस्ता विषय वस्तु समेटेरआफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।

“नेपालका राष्ट्रिय विभूतिहरु” भन्ने नारासहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवश्री सुरेश अधिकारी र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले संयुक्त रुपमा अनावरण गरेका हुन् । कार्यक्रममा मन्त्रालयका अन्यवरिष्ठ अधिकारीहरु तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धकश्री सन्तोष कुमार भट्टराई रबजार तथा संस्थागत निक्षेप प्रमुखश्री पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।

साथै, सो कार्यक्रमा सचिव श्री सुरेश अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्नाले समग्र जातजाती, भूगोल तथा पर्यटन प्रर्वद्दनमा विशेष भूमिका निर्वाह गर्ने धारणा व्यक्तगनुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले नेपाली कला संस्कृती, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने विभूतिहरुलाई सम्मान गर्न यस विषय वस्तुलाई चित्रण गरेको जनाउनु भयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालयहरु, १६० ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवादिँदै आइरहेको छ ।