CSR गतिविधिहरू

भोटेकोशी बाढी प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरूबाट सहयोग प्रदान।

September 3, 2026
भोटेकोशी बाढी प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरूबाट सहयोग प्रदान।

एभरेष्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २,५१,००,०००/- (अक्षरेपी दुई करोड एकाउन्न लाख रुपैयाँ) र आफ्ना कर्मचारीहरूको तर्फबाट रु. ६०,५४,६०५.३८/- (अक्षरेपी साठी लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ अठतीस पैसा) समेत गरी नेपाल सरकारको “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा रु. ३,११,५४,६०५.३८/- (अक्षरेपी तीन करोड एघार लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ अठतीस पैसा) नगद सहयोग उपलब्ध गराएको छ।

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ।

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विपद्को सामना गर्न अग्रपङ्क्तिमा खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।