प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक र भारतको नयाँ दिल्ली स्थित मेदान्त अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको स्वास्थ्य सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता ।

October 2, 2026
एभरेष्ट बैंक र भारतको नयाँ दिल्ली स्थित मेदान्त अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको स्वास्थ्य सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता ।

एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच/परिक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्ली स्थित रहेको प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ । यस सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा गरी विभिन्न शहरमा रहेका मेदान्त अस्पतालका १३ शाखाहरूमा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो १५ प्रतिशत छुट अस्पतालको ओपिडी सेवा (डाक्टरको परामर्श, प्रयोगशाला र रेडियोलोजी), आइपिडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ ।

यस छुटको सुविधा प्राप्त गर्नका लागि अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ । अस्पतालभित्र उपलब्ध सेवाहरूमा मात्र लागू हुने यो विशेष छुट सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनेछ ।