प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक र पाँचखाल नगरपालिका बीच कृषिऋण सम्बन्धी सम्झौता

October 19, 2020
एभरेष्ट बैंक र पाँचखाल नगरपालिका बीच कृषिऋण सम्बन्धी सम्झौता

 

काठमाडौँ । एभरेष्ट बैंक लि. ले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयमा आश्विन ३० गतेका दिन सम्पन्न भएको कार्यक्रममा काभ्रेको पाँचखाल नगरपालिका सँग कृषकहरुलाई कृषिऋण प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउनेछ ।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर श्री महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका छन्।

बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल बैंकको ७ ओटै प्रदेश्मा गरी ९८ शाखा कार्यालय , ३० राज्वस्व सङ्कलन काउन्टर तथा १२९ स्थानमा ब्त्ः काउन्टर रहेका छन्