प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकका ग्राहकहरुलाई विरगञ्जको किरण आखाँ अस्पतालमा २०% छुट

December 10, 2019

काठमाडौं, २३ मंसिर – एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजको व्यवस्था गर्न किरण आखाँ अस्पतालसँग साझेदारी गरेको छ । विरगञ्जको इनर्वा बाईपास रोडमा अवस्थित किरण आखाँ अस्पताल बहु–विशेषता भएको नेत्र हेरचाह केन्द्र हो जसको क्लिनिकल उत्कृष्टता शहुलियत मुल्य र प्रविधिमा केन्द्रित छ ।

बैंक र अस्पतालबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले अप्टिकल फ्रेम र अप्टिकल लेन्समा २०% छुट, ओपिडी डाक्टर परामर्श, डाइग्नास्टिक्स र लेब्रटोरी इन्भेस्टिगेशनमा १०% छुट र शल्य चिकित्सा र प्रोसिड्योरमा ५% छुट पाउनेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट पाउन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९५ शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।