प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकद्वारा टोखा काठमाडौंमा आफ्नो १२८औं शाखा उद्घाटन ।

November 24, 2023

एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्नगाउँ तथा शहरहरुमारहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलोबैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०८० साल मंसिर८ गतेका दिन टोखा नगरपालिका वडा नं. ६, टोखामाआफ्नो १२८औं शाखाउद्घाटनगरेकोछ ।

उक्त शाखाको उद्घाटनबैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर श्री मुरारी तामाङलेसंयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य श्री कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक श्री केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख श्री सन्तोष कुमार भट्टराई,बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमाबैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको साथै साथैटोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुभयो । सो अवसरमा टोखा नगरपालिकाका उप–मेयर श्री तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनु भयो ।यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग किंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।