प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमाआफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन ।

April 30, 2024

एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरुलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्गसेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०८१ साल वैशाख १८ गतेका दिन मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखाकार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ ।

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य माननीयश्री मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक श्री लव प्रसाद कुइकेलले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष श्री वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ काअध्यक्ष श्री मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिकाअध्यक्ष श्री प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरिक्षक श्री राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक श्री शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज श्री विमल के.सी. लगायतअन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक श्री कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिकतथा गुणस्तरीय बैंकिङ्ग सेवाप्रदान गराइने प्रतिवद्दता व्यक्तगर्नुका साथै पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहजहुने र बैंकिङ्ग क्षेत्रमै कम खराबकर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहजहुने कुरा व्यक्त गर्नुभयो । सो अवसरमा मायादेवी गाउँपालिकाकाअध्यक्षश्री चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनु भयो ।

साथै, सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि निम्नानुसारको शुभारम्भ अफरहरु पाउने छन् ।

  • साधारण बचत खाता (न्युनतममौज्दात) रु. १००/-
  • तलबी बचत खाता – शुन्यमौज्दात
  • नारी बचत खाता – रु. १,२५०/-
  • चल्ती खाता (न्युनतम मौज्दात) रु. २,५००/-
  • डेबिट कार्ड, SMS Alert सेवा, मोबाईब बैंकिङ्ग सेवा – पहिलो पटक निःशुल्क

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।