प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकद्वाराआफ्नो स्थापनाको २८ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना

October 23, 2022

एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर मिति २०७९ कार्तिक ५ गते प्रभातफेरी कार्यक्रमआयोजना गरेको छ । बैंकमा डिजिटल बैंकिङ्ग प्रर्वद्दन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेकोथियो । बिहान ७ः३० बजे देखि बैंकको प्रधानकार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापनभएको थियो ।

सो कार्यक्रमको उदघाटन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न तथा बैंकलाई यस वर्ष तोकिएको डिजिटल बैंकिङ्गको विषयवस्तु पुरा गर्न जोड दिनुका साथै डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले कुनै पनि समय र स्थानबाट र्बैंकिङ्ग सेवा लिन तथाआफ्नो नियन्त्रणमा राख्न सक्ने कुरा बताउनुभयो । सोहीअवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्माले डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले २४ घण्टा सातै दिन रकमान्तर, बिलभुक्तानी, मोबाइट टपअप, क्युआर भुक्तानी  लगायतका अन्य थुप्रै सेवा तथा सुविधा लिन सक्ने बताउनु भयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।