प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक लिमिटेडको मोबाईल बैंकीङ्गएपअबनयाँअद्यावधिक सुविधाहरुका साथ

May 5, 2020

एभरेष्ट बैंकलि. ले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखीआफ्नो मोबाईल बैंकिङ्गएप “EBL Touch 24” मानयाँअद्यावधिक सुविधाहरु थप गरेका छन् , जसवापत “EBL Touch 24” थप सुरक्षित, द्रुत र भरपर्दो बन्नगएको छ ।

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्गएप “EBL Touch 24” को स्तरोनतीको साथअबग्राहकहरुले यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग एक्टिभ गरी आफ्नो मोबाईल नम्बर प्रयोग गरेर सहजै लग-इन् गर्न सक्नेछन् र ५० भन्दा बढी बैंककाखाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टि.भी, इन्टरनेटको बिलभुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथासिनेमा टिकटको अन्लाईनखरिदगर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा QR payment बाटभुक्तानीगर्न सक्नेछन् । यसै गरीग्राहकहरुको सहज्ता र सुरक्षाकालागि,फिंगर प्रिन्ट वा फेस रेकोगनिशनबाटपनिसहजै कारोबार गर्नसकिनेछ।

हालएभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै CAMEL रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कनगरिएको बैंकको रुपमाचयनभएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १२३ ATM रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आइरहेको छ ।