प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक र Quick Fox Consulting Pvt Ltd बिच रोबोटिक प्रोसेस अटोमेशन सम्बन्धी सम्झौतामा हस्ताक्षर

February 20, 2023

 

एभरेष्ट बैंक निरन्तर रुपमा सबल हून, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेशनको यात्रा शूरु गरेको हो ।

बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रिया हरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहूने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पुरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नू पर्ने र मानविय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रूूटीपुर्ण हूनसक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको हो ।

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटिएएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।