प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकले मनायो आफ्नो स्थापनाको २९औं वार्षिकोत्सव।

October 18, 2023
एभरेष्ट बैंकले मनायो आफ्नो स्थापनाको २९औं वार्षिकोत्सव।

 

विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औं वार्षिकोत्सवमनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारीहरुका बिच सम्पन्न उक्तकार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले विषेश सम्मान गर्नुभएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई रु. ५,००,०००।– आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक श्री केशव प्रसाद पौडेलले श्री कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट बिल्ङकनाउ फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एस.पी.कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गनुभयो । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुखश्री पुष्प राज उप्रेती र बजार अधिकृत श्री एलिना कार्की तथा बिल्ङकनाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक श्री अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६२ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग किंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।