प्रेस बिज्ञप्ति

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘EBL भर्चुअल क्रेडिट कार्ड’

June 4, 2025
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘EBL भर्चुअल क्रेडिट कार्ड’

 

एभरेष्ट बैँक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मिति २०८२ साल जेठ २० गते देखि आफ्ना ग्राहक वर्गको लागि EBL भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । EBL भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।

यस बैंकका ग्राहकहरुले न्युनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्ने र सो सेवामार्फत न्युनतम रु ५० हजार देखीअधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सिमा प्रयोग गरी फोन पे QR SCAN गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन तथा कार्ड व्यवस्थापनकार्यहरू सजिलै गर्न सक्नेछन्।

यस सेवा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् साथै ग्राहकको चाहना अनुसार कुल बक्यौता रकमको न्युनतम १० प्रतिशत देखी शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको छ ।