प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांशपारित भएको सम्बन्धमाजारी प्रेस विज्ञप्ति

October 17, 2023

एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा मिति २०८०/०६/३० मा सम्पन्नभएको छ । साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३  प्रतिशत नगद लाभांश (बोनस शेयरमालाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधनगर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।