प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांशपारित भएको सम्बन्धमाजारी प्रेस विज्ञप्ति

October 17, 2023
एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांशपारित भएको सम्बन्धमाजारी प्रेस विज्ञप्ति

एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा मिति २०८०/०६/३० मा सम्पन्नभएको छ । साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३  प्रतिशत नगद लाभांश (बोनस शेयरमालाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधनगर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।