प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकद्वारा “नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू” विषयवस्तु राखेर नयाँ वर्ष २०८3 कर्पोरेट क्यालेन्डर अनावरण।

March 20, 2026

 

एभरेष्ट बैंकले नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै लामो समय देखिनै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको र उत्त परम्परा यथावत राख्ने क्रममा उन्नाईसौं शताब्दीको मध्यदेखि शुरु गरिएका र महादेशीय हिसाबले पनि महत्वपूर्ण मानिने “नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू” विषयवस्तु राखेर तयार पारिएको २०८३ सालकोे क्यालेन्डर अनावरण गरेको छ ।

एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले २०८३ सालकोे क्यालेन्डर अनावरण गर्नु भएको हो र उत्त समारोहमा बैंकका सञ्चालक लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।