प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकद्वारा बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखा को उद्घाटन

July 7, 2022
एभरेष्ट बैंकद्वारा बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखा को उद्घाटन

 

एभरेष्ट बैंकलिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङसेवा सुविधाहरु उपलव्ध गराउनका लागि बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखा को २२ आषाढ,२०७९ मा उद्घाटन गरेको छ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा राजापुर शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजापुर नगरपालिकावडा–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।

बैंकको हाललाखौं ग्राहक संख्या रहेको छ । बैंककाहाल ११७ शाखा, १५१ एटिएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।