प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकद्वारा मंगलबजार ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन

July 4, 2022

 

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर १९ जेष्ठ, २०७९ मा उद्घाटन गरेकोछ ।

ललितपुर वडा नं. १६ का अध्यक्षश्री र्निमल रत्नशाक्य, ललितपुर चेम्बर अफ कर्मस का अध्यक्ष श्री मनोज बहादुर न्याछोनर एभरेष्ट बैंकका सन्चालक श्रीमती उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा स्थानीय व्याबसायी श्रीअजर मानजोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री बिजय कुमार शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक श्री सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतकोे उपस्थिती रहेको थियो ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा संजाल, प्रादेशिक कार्यालय , १५० ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।