प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबिच विशेष छुट प्रदान गर्ने सम्झौता ।

September 29, 2023

एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाट बिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५% सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका रिटेल तथा एसएमई प्रमुख श्री विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक श्री रजुल श्रेष्ठद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट IPD-Advanced/Manual/Cupping/Laser Physiotherapy, Acupressure, Acupuncture, Moxibustion, Osteopathy, Neuro-Musculo-Skeletal & Cardio-Pulmo pain management, Overall Holistic Well Being (Osteo, Yogic & Marma) लगायत सेवामा १० % देखी २५ % सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक श्री स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६२ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग किंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।