प्रेस बिज्ञप्ति

डिजिटल भुक्तानीका लागि एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच सम्झौता

August 23, 2022

फोकसवान पेमेन्ट सोलुसन्स् प्रा. लि. द्धारा संचालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।

बैंकका ग्राहकलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी ती कार्डहरुबाट विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिन्छ। मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसैगरी बैंकका ग्राहकहरुले मोकोमार्फत स्क्यान टू पे (Scan to Pay) माध्यमबाट १५०० भन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन्।

मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमाहालसम्मकरिब १२लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।