Archives

एभरेष्ट बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात एभरेष्ट बैंक बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप ‘इबिएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवाखरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सक्ने जनाएको छ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् ।

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बिरौटा पोखरामा आफ्नो १२२औं शाखा उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री पवन प्रजापती, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शशांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक श्री सुधिर गौतम तथा बजार विभाग श्री प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सो उद्घाटन समारोहमा अर्थविद डा. गणेश गुरुङ्गले पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने तथा नेपाल सरकारको राजश्व संकलन गर्नु र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने बताए । योसंगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगेको छ ।

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ ।

सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन गरेका छन् ।

उक्त उद्घाटन समारोहमा धुलाबारी उद्योग वाणिज्य संघका अध्यक्ष श्री ऋषिराज तिम्लसिना, चेम्बर अफ कमर्श धुलाबारीका अध्यक्ष श्री रविन बस्नेत, मेचिनगर नगरपालिका वडा नं. १० का अध्यक्ष श्री नारायण खनाल, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक श्री ज्ञान कुमार महतो, बैंकका प्रदेश नं. १ का प्रादेशिक–प्रबन्धक श्री जनक प्रसाद चापागाई तथा बजार विभाग प्रमुख श्री पुष्पराज उप्रेती, लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसै उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले धुलाबारीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छन् । यससंगै प्रदेश नं. १ मा बैंकको शाखा सञ्जाल १८ पुगेको छ ।

साथै सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापको सहयोगार्थ सो नगरपालिकाका मेयर श्री गोपाल चन्द्र बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२१ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, 7 प्रादेशिक कार्यालयहरु, १५६ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएसबैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर मिति २०७९ कार्तिक ५ गते प्रभातफेरी कार्यक्रमआयोजना गरेको छ । बैंकमा डिजिटल बैंकिङ्ग प्रर्वद्दन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेकोथियो । बिहान ७ः३० बजे देखि बैंकको प्रधानकार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापनभएको थियो ।

सो कार्यक्रमको उदघाटन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न तथा बैंकलाई यस वर्ष तोकिएको डिजिटल बैंकिङ्गको विषयवस्तु पुरा गर्न जोड दिनुका साथै डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले कुनै पनि समय र स्थानबाट र्बैंकिङ्ग सेवा लिन तथाआफ्नो नियन्त्रणमा राख्न सक्ने कुरा बताउनुभयो । सोहीअवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्माले डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले २४ घण्टा सातै दिन रकमान्तर, बिलभुक्तानी, मोबाइट टपअप, क्युआर भुक्तानी  लगायतका अन्य थुप्रै सेवा तथा सुविधा लिन सक्ने बताउनु भयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।

विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुका बिच मा सम्पन्न सो कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योती संघलाई डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँचने मेशिन खरिद गर्नका लागि रु. ४,८०,२५०।– आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले नेपाल नेत्र ज्योती संघका बोर्ड सदस्य श्री द्रोण गुरगाँईलाई उक्त कार्यक्रमका बिच सो चेक हस्तान्तरण गनुभयो । सो कार्यक्रममा नेपाल नेत्र ज्योती संघ धनकुटाका तर्फबाट श्री रोशेस श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

साथै बैंकले ललितपुरको टौखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागि गोदावरी नगरपालिका वडा नं. ३ संग सम्झौता गरेको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष श्री सानु राजा घिमिरेले एक कार्यक्रमका बिच सो सम्झैतामा हस्ताक्षर गरेका हुन ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

Everest Bank marked its 28th anniversary with Tree plantation and various CSR activities at Head Office, Lazimpat. Most of the employees along with customers actively participated in the program. More than 200 employees/customers of the bank participated in the event.

During the program bank has also honored its 10 staff members having more than 25 years of service.

Bank under CSR handed the cheque of Rs. 4.80 Lacs to M/s. Nepal Netra Jyoti Sangh, Dhankuta for Eye aging machine to be placed at Dr. Ram Prasad Pokharel Eye Hospital, Dhankuta. Mr. Sudesh Khaling CEO of EBL handed the cheque to Mr. Drona Prasad Guragain Treasurer of of M/s. Nepal Netra Jyoti Sangh.

Similarly, bank signed MoU with Godawari Municipality ward no 3 for Solar Bus Stand at Taukhel Lalitpur. Mr. Vijay Kumar Sharma, Dy. CEO of EBL & Mr. Sanu Raja Ghimire, Chairman of Ward no 3 of Godawari Municipality signed the agreement.

Founded in 1994, EBL, as a joint venture partner with Punjab National Bank India, presently has Customer Base of over 12 Lacs, one of the highest in the industry. Presently the Bank is rendering professionalized & efficient banking services through its wide domestic network of 120 branches, 3 Extension Counters, 155 ATMs, 31 Revenue Collection Counters and also through its widest global network.

 

विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेड बिर्तामोड शाखाले झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे रोड बाट हाल सोही स्थानबाटकरिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुचारु गरेको छ ।

सो कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रादेशिक प्रबन्धकश्री जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताउनु भयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर,  ७ प्रादेशिक कार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।

 

एभरेष्ट बैङ्कले इ-पैचोँ फोनलोन इबिएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध तुरुन्त धितो(रहित ऋण उपलब्ध गराउने भएको छ । योग्य एभरेष्ट बैङ्क खातावालाहरूले अब जमानत, कागजी कार्य, वा बैंक भ्रमण बिना तत्काल दुई लाख रुपैयाँ ऋण पाउने भएका छन् ।

इ-पैचोँ फोनलोन विभिन्न समय फ्रेमहरूमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिनाभित्र वा ३, ६, ९ वा १२ महिनाको लागि किस्ता (इएमआई)का आधारमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

ऋणको पूर्व भुक्तानीको विकल्प पनि ग्राहकहरूको लागि उपलब्ध छ, जो आफ्नो ऋण चाँडै भुक्तान गर्न चाहन्छन् । इ-पैचोँ फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी प्रयोग गर्दा ‘Buy now Pay Later’ सेवाहरू पनि प्राप्त गर्न सकिनेछ ।

यी सेवाहरूमा पहुँच प्राप्त गर्न ग्राहकहरूले प्रमाणित इमेल ठेगानाको साथ इ-पैचोँ  फोनलोनमा दर्ता गर्नुपर्ने हुन्छ । इ-पैचोँ फोनलोनको लागि योग्यता विभिन्न मापदण्डहरूको आधारमा तलब खाता, नियमित कारोबार, बैङ्कसँग कुनै अन्य ऋण आदिको स्वचालित रूपमा निर्णय गरिन्छ।

योग्य ग्राहकहरूले इ-पैचोँ फोनलोन आइकन र ‘दर्ता गर्नुहोस’ बटन देख्नेछन् । ग्राहकहरूले इ-पैचोँ फोनेलोनका सबै सेवाहरू एक पटक दर्ता र इमेल प्रमाणीकरण गरेपछि प्राप्त गर्न सक्नेछन् ।

“क्रेडिट पहुँच देशमा कुख्यात रूपमा गाह्रो छ,” एभरेष्ट बैङ्कका एसएमई/रिटेल प्रमुख विष्णु ज्ञवालीले भने, “हामीले योग्य ग्राहकहरूलाई सजिलो क्रेडिट पहुँच प्राप्त गर्न अनुमति दिने निर्णय गरेका छौँ । इ-पैचोँ फोनलोन तुरुन्तै वितरण गरिन्छ, र भुक्तानीहरू स्वचालित रूपमा लिइन्छ, त्यसैले ग्राहकहरूले पनि भुक्तानी गर्न चिन्ता लिनु पर्दैन। उनीहरूलाई आवश्यक सन्तुलन कायम गर्न आवश्यक छ, र हामी बाँकीको हेर्ने छौँ।”

बैङ्ककाअनुसार इ-पैचोँ फोनलोन इबिएल टच २४ एपबाट योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध छ । प्रयोगकर्ताहरूले बैङ्कको एप स्टोर वा प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्छन् ।

पंजाब नेशनल बैङ्क भारतसँग संयुक्त साझेदार रहेको सो बैङ्कले स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् ।

हाल बैङ्कको देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैङ्किङ् सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैङ्कले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३१ वटा सङकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

एभरेष्ट बैंक लिमिटेड (ई.बि.एल्) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एन.बी.आई) बीच मिति २०७९ भाद्र ३० गते तालिक कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौता अनुसार एन.बी.आईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्गसेवा र सुबिधाहरु उपलब्ध गराउनकालागि काठमाडौंको सुन्दरबस्ती भङ्गालमाआफ्नो ११९औं शाखा २८ भाद्र, २०७९मा उद्घाटन गरेकोछ ।

सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्षश्री सुमन तामाङ्गर एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गाल शाखाको संयुक्त रुपमा उद्घाटन गरेकाछन् । उक्त उद्घाटन समारोहमा काठमाडौं उद्योग वाणिज्य संघका कार्यकारी सदस्य श्री रत्नभुषण छकुबाजी, बैंकका नायब महाप्रबन्धक श्री गौरव कुमार, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक श्री सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख श्री पुष्प राज उप्रेती, लगायतअन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।यसै उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गालका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवाप्रदान गराउने आश्वासन व्यक्त गरेकोछन्।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो ११९शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदानगर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।