प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक र ASG Eye Care Health Services Pvt Ltd बिच छुट प्रदानगर्ने सम्झौता

December 27, 2023
एभरेष्ट बैंक र ASG Eye Care Health Services Pvt Ltd बिच छुट प्रदानगर्ने सम्झौता

एभरेष्ट बैंक लिमिटेड र ASG Eye Care Health Services Pvt. Ltd. नयाँबानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदानगर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

उक्त सम्झौतालागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत Surgery Procedures, Minor Investigation (Staff Only), Opticals  १० % सम्म्को विशेष छुटको लाभ लिन सक्नेछन् । साथै पहिलो पटक रजिष्ट्रेशन तथाओपिडी शुल्क न लाग्ने र एक पटकको लागि१५ दिनभित्रको Follow Up समेत निशुल्क हुनेछ । सो समारोहमा बैंकका नायब महाप्रबन्धक श्री गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुखश्री पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथाअस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धकश्री संजिब कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।