प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकको बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुचारु

September 28, 2022
एभरेष्ट बैंकको बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुचारु

 

विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेड बिर्तामोड शाखाले झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे रोड बाट हाल सोही स्थानबाटकरिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुचारु गरेको छ ।

सो कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रादेशिक प्रबन्धकश्री जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताउनु भयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर,  ७ प्रादेशिक कार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।