CSR गतिविधिहरू

एभरेष्ट बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालप्रहरी – एभरेष्ट बैंक छात्रवृत्ती अक्षय कोष स्थापना

March 7, 2023

एभरेष्ट बैंकले एक कार्यक्रमका बिच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने अमर/शहीद एवम् अशक्त, अवकाश प्राप्त, प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततीहरुलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोष बिच रु. २५,००,०००/– (अक्षरेपी पच्चिस लाख मात्र) को “नेपाल प्रहरी – एभरेष्ट बैंक अक्षय कोष” को स्थापना गर्ने सम्बन्धको समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा नेपाल प्रहीका प्रहरी महानिरिक्षक श्री धिरज प्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक श्री केदार ढकाल र बैंकका नायब महाप्रबन्धक श्री केशव राज पौडेलले हस्ताक्षर गर्नुभयो । सो कार्यक्रमा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरुका साथै बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेतीको समेत उपस्थिति रहको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर/शहीद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरुका सन्ततीहरुलाई स्थापित अक्षय कोषले शैक्षिक जिवन उन्नत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।