प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त ।

November 10, 2023

 

मिति २०८०/०७/२३ गते सम्पन्न एभरेष्ट बैंक लिमिटेडको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको छ । साथै उहाँले आजै मिति २०८०/०७/२४ गतेका दिन नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिनु भएको छ । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहिरहनु भएका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित हुनुहुन्छ ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसक्नु भएका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी (PHD) गर्नु भएको छ ।साथै, उहाँ बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहनु भएको थियो । उहाँको अध्यक्षतामा एभरेष्ट बैंकले उल्लखनीय प्रगती गर्दै बैंकको नारा जस्तै दिगो, दरिलो र विश्वासिलो बन्दै बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने विश्वास लिइएको छ ।