प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष श्री विष्णुकृष्ण (बिके) श्रेष्ठको निधन

October 25, 2023

 

यस एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं संचालक समितिका अध्यक्ष श्री विष्णुकृष्ण श्रेष्ठज्यूको ९४ वर्षको उमेरमा मिती २०८०, कार्तिक ६ गते मेडिसिटी अस्तालमा उपचारको क्रममा असामयिक एवं दु: खद निधन भएको जIनकारी गराऊँद छौं।

स्वर्गीय वि. के. श्रेष्ठको कुशल नेतृत्व एवंम अभिभावकत्वमा यस वैंकले उदाहरणीय प्रगति गर्दै आफुलाई दिगो, दरिलो र विश्वासीलो बैंकको रुपमा स्थापित गर्न सफल भएको विदितै छ।

श्रेष्ठको अन्त्येष्टि उनको इच्छा बमोजिम, एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा सञ्चालनमा रहेको कम दाउराले शव जलाइने प्रविधिमा आधारीत वुडन क्रिमेटरीमा कार्तिक ७ गते सम्पन्न भएको थियो।

यस दु: खद घडीमा सान्तवना प्रदान गर्ने सबैमा धन्यबाद वक्त गर्दै, शोकाकुल श्रेष्ठ परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

सुदेश खालिङ
प्रमुख कार्यकारी अधिकृत
एवम्
समस्त एभरेष्ट बैंक परिवार
८ कार्तिक, २०८०