प्रेस बिज्ञप्ति

एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच साझेदारी।

March 13, 2024

एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन साझेदारी भएको छ । बैंक तथा वित्तीय संस्थालाई ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ ।

समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले ‘API Management System – APIMS’ उपलब्ध गराउनेछ । वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म१४ लाख भन्दा बढीसन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।