प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकले विविध कार्यक्रम गरेर आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सव मनायो।

October 18, 2024
एभरेष्ट बैंकले विविध कार्यक्रम गरेर आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सव मनायो।

 

एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मिति २०८१ साल कार्तिक १ गते का दिन भव्यताका साथ मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरूमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको बैंकले जनाएको छ ।

३० औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाइ भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रु एक करोड को आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रममा, एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गर्नुभयो । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गतनै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

पंजाब नेशनल बैंक, भारत, संगको संयुक्त लगानीमा स्थापित यो बैंक स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइमा रहेको छ । करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ एटिएम मेशीनसहित विश्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले बिभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ ।