प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकद्वारा CSR अन्तर्गत श्री रत्न राज्यमाध्यामिक स्कूलमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालन

October 20, 2023

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

बैंकले बानेश्वर महादेवस्थान काठमाडौं स्थित श्री रत्नराज्य माध्यामिक विद्यालयमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालनमा ल्याएको छ । श्री रत्नराज्य माध्यामिक विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजयादशमी, शुभदिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को सुखद उपलक्ष्यमा शुभकामना आदनप्रदान, भेटघाट एवं चियापान कार्यक्रममा २७०० भन्दा बढी विधार्थीलाई पुग्ने गरी शुद्ध खानेपानी प्लान्टलाई पुनः सञ्चालनमा ल्याईएको हो । पूर्व उप–प्रधानमन्त्री एवं संघीय सांसाद माननिय श्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुखश्री सन्तोष कुमार भट्टराईले विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष श्री सुकुन्दराज अर्याललाई चेक हस्तान्तरण गर्नुभयो । सो कार्यक्रममा बैंककातर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुखश्री पुष्प राजउप्रेती र नक्साल शाखाका प्रबन्धक श्री शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक श्री रामशिष यादवको समेत उपस्थिति रहेको थियो ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६२ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग किंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।