प्रेस बिज्ञप्ति

एभरेष्ट बैंकद्धारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम संचालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

November 24, 2023
एभरेष्ट बैंकद्धारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम संचालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित श्री जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएम् को समुद्घाटन गरेको छ । सो एटिएम्को समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ र मिल्सका निर्देशक श्री दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् । यो संगै बैंकको एटिएम्को संख्या १६३ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्याकारी अधिकृत खालिङले उक्त एटिएम् सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानिय बासन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गर्नुभयो भने मिल्सका निर्देशक श्री न्यौपानेले बैंकले आफ्नो प्रङगणमा एटिएम् सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै घन्यावाद ज्ञापन गर्नुभयो ।

साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख श्री लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक श्री ध्रुव प्रसाद आचार्य र अधिकृत श्री अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक श्री नविन पण्डित श्रेत्री र मिल्सका तर्फबाट श्री अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग किंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।