Archives
- Home
- Press Releases
एभरेष्ट बैंक लिमिटेडको ३०औं वार्षिक साधारण सभा मिति २०८१/०६/२० मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १०% बोनस शेयर र ५.५३% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै यस सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयर धनीहरुका तर्फबाट श्री नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ.ब २०८१/८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
On 24th September, 2024 Everest Bank Limited and Hotel Sarowar has signed a MoU wherein the resort will offer special discount i.e. 15% discount on food & beverages, 20% on Laundry, 10% on Spa to the Cardholders, Mobile Banking Users, Privilege Card Holders, Board Members, Employees and their family members of the bank.
On September 12th, 2024 Everest Bank Limited and Alfa Health Care & Diagnostic Center, New Baneshwor, Kathmandu has signed a MOU wherein the center will offer special discount on Outsource test, Health Packages, X-Ray, USG, ECHO, TMT, Pharmacy & Laboratory Services to the customers, staffs & their family members of EBL.
The MoU was signed & exchanged by Mr. Bishnu Prasad Gyawali , AGM of EBL and Mr. Avash Koirala, Alfa Health Care & Diagnostic Center.
मिति २०८१ भाद्र ५ गते विशेष कार्यक्रमआयोजना गरी काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँबानेश्वर स्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले समुदघाटन गर्नु भएको उक्त समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथ साथै नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवाप्रदान गराउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने “डिजिटल संसार” को सुभारम्भ गरेको छ । उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकवर्गलाई डिजिटल सेवादिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवात संगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ ए.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्.एम् एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
On 3rd July, 2024 Everest Bank Limited (EBL) signed MOU with Radisson Hotel Kathmandu (RHK) to enable bank’s customers and employees to receive a special discount on various services provided by the hotel.
Following the agreement, employees using employee Identity Card and customers of the bank using its Debit / Credit cards will get attractive discounts on Foods & Beverage, Pastry Shop and Tranquility Spa at Radisson Hotel Kathmandu. They also provide 15% discount on Airport Restaurant run by RHK. The MoU was signed & exchanged by Mr. Keshab Raj Paudel, DGM of EBL and Mr. Kedar Pandey, Director F & B, Radisson Hotel Kathmandu (RHK).
On June 10th, 2024 Everest Bank Limited and Helios Clinic @ Diagnostic Pvt. Ltd. (Hospital), Jawalakhel, Lalitpur, has signed a MOU wherein the Helios Hospital will offer special discount of 10% on Diagnostics (X-ray, USG, CT, BMD, ECG, ECHO, TMT) & Lab Services along with 7% discount on Pharmacy & 5% Day Care Services to the customers, card holders, mobile banking users, staffs & their family members of EBL.
Mr. Sudesh Khaling-CEO, Mr. Pranay Pradhan – Senior Manager , Ms. Anju Poudel, Head-Marketing & Institutional Deposit of the bank & Dr. Neeraj Singh – MD & CEO, Ms. Rinky Singh, Senior Manager – Marketing & Communication of the hospital were present in the signing ceremony.
मिति २०८० वैशाख २३ गते आयोजित विशेष कार्यक्रमका बिच वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ ।
उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायतसो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममाबैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक श्री पुष्प राज उपे्रतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताउनु भयो ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ ए.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एस्.एम् एस् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरुलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्गसेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०८१ साल वैशाख १८ गतेका दिन मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखाकार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य माननीयश्री मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक श्री लव प्रसाद कुइकेलले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष श्री वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ काअध्यक्ष श्री मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिकाअध्यक्ष श्री प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरिक्षक श्री राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक श्री शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज श्री विमल के.सी. लगायतअन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक श्री कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिकतथा गुणस्तरीय बैंकिङ्ग सेवाप्रदान गराइने प्रतिवद्दता व्यक्तगर्नुका साथै पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहजहुने र बैंकिङ्ग क्षेत्रमै कम खराबकर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहजहुने कुरा व्यक्त गर्नुभयो । सो अवसरमा मायादेवी गाउँपालिकाकाअध्यक्षश्री चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनु भयो ।
साथै, सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि निम्नानुसारको शुभारम्भ अफरहरु पाउने छन् ।
- साधारण बचत खाता (न्युनतममौज्दात) रु. १००/-
- तलबी बचत खाता – शुन्यमौज्दात
- नारी बचत खाता – रु. १,२५०/-
- चल्ती खाता (न्युनतम मौज्दात) रु. २,५००/-
- डेबिट कार्ड, SMS Alert सेवा, मोबाईब बैंकिङ्ग सेवा – पहिलो पटक निःशुल्क
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
नेपाल राष्ट बेैंकको संयोेजनमा बिगत वर्षहरु जस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले मिति २०८०/१२/०५ देखी सप्ताव्यापी अभियान अन्तर्गत Global Money Week – 2024 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल /क्याम्पस हरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरायो ।
‘Protect Your Money, Secure Your Future’ भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशी करण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिककार्यालय, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन साझेदारी भएको छ । बैंक तथा वित्तीय संस्थालाई ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ ।
समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले ‘API Management System – APIMS’ उपलब्ध गराउनेछ । वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ ।
बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म१४ लाख भन्दा बढीसन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।