भावी भाडा(कर्जा योजना) (Future Lease Rentals)

उद्देश्य
  • व्यक्तिगत आबश्यकता परिपूर्ति गर्न ।
योग्यता
  • काठमाण्डौं, पोखारा, बिरगंज, बिराटनगर लगायत अन्य शहरहरुमा सम्पत्ति भएका सम्पत्ति धनिहरु जस्ले उक्त सम्पत्तिहरु सरकारी र अर्ध (सरकारी, प्रतिष्ठित कम्पनी, बैँक, बित्तिय संस्था, बिमा कम्पनी, बहुदेशिय कम्पनी, गैरसरकारी संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा राजदुतावासका कर्मचारीहरुलाई भाडामा लगाईरहेका वा लगाउन इच्छुकहुने धनिहरु ।
सीमा
  • बांकि रहेको भाडा सम्झौता अबधिको भाडा रकमको अधिकतम ८०% वा तीन बर्षको कुल भाडा रकम मध्य कम हुनआउने रकम बराबर ।
ब्याज दर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
सुरक्षण
  • रितपुगेको भाडा सम्झौता पत्र ।
  • प्रस्तावित कर्जाको कम्तिमा १२५% हुनआउने अचल सम्पत्तिको धितोबन्धक ।
  • ऋणी तथा धितो दिनेको ब्यक्तिगत जमानी ।
कर्जा निकासा तलको अबस्थामा कर्जा निकासा हुनेछ :

  • रितपुगेको भाडा सम्झौता पत्र ।
  • अचल सम्पत्तिका धितोबन्धक ।
  •  त्रिपक्षीय सम्झौतापत्र ।
भुक्तानी विकल्पहरू
  • कर्जा र सो को ब्याज रकम ३६ सममासिक किस्ता वा भाडा सम्झौताको बांकि अबधि मध्य कम हुनआउने अबधि बराबर ।
  • त्रैमासिक ब्याजको भुक्तानी त्रैमास समाप्त भएको एक हप्ता भित्र गरि सक्नु पर्ने ।