उद्देश्य
  • घर निर्माण गर्न वा घर तथा अपार्टमेन्ट खरिद गर्न ।
  • घर तथा अपार्टमेन्टको मर्मत संभार, थप निर्माण कार्य गर्न ।
  • आवासिय घर निर्माण गर्नको लागि जग्गा खरिद गर्न ।
योग्यता
  • ऋणी, निजको श्रीमानर श्रीमती वा एकाघर परिवारका सदस्यको कुल आम्दानी (स्वरोजगारर तलबी र व्यवसायिक तथा अन्य आम्दानी) को हुन आउने रकमको बढिमा ६०% सम्म मासिक किस्ता हुनु पर्ने ।
  • ऋणीको उमेर ६० वर्ष ननाघेको हुनु पर्नेछ ।
कर्जाको सिमा
  • आवश्यकता अनुसार ।
मार्जिन आवासिय घर कर्जा रु. १.५० करोड सम्मको लागिः

  • निर्माण र थप र मर्मतको १०% तर जग्गाको मूल्य समेत गरि न्युनतम जम्मा मार्जिन २५% ।
  • घर तथा अपार्टमेन्ट खरिदको लागि न्युनतम बैंक मूल्याङकनको २५% ।
  • आवासिय जग्गा खरिदको लागि न्युनतम बैंक मूल्याङकनको ४०% ।

आवासिय घर कर्जा रु. १.५० करोड भन्दा माथिको लागिः

  • निर्माण र थप र मर्मतको को लागि सो मूल्यको न्युनतम मार्जिन २५% ।
  • घर तथा अपार्टमेन्ट खरिदको लागि न्युनतम बैंक मूल्याङकनको २५% ।
  • आवासिय जग्गा खरिदको लागि न्युनतम बैंक मूल्याङकनको ५०% ।

(नेपाल राष्ट्र बैँकको नियमको अधीनमा रही)

ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
भुक्तानी
  • बढीमा २५ वर्ष (EMI- सम मासिक किस्ता )
  • ६५ वर्षको उमेर भित्र कर्जा भुक्तानी गरि सक्नु पर्नेछ ।
सुरक्षण
  • घर तथा जग्गाको धितोबन्धक (कम्तीमा ८ फिट बाटो भएको)
  • यदि निर्माणकर्ताबाट घर तथा अपार्टमेन्ट लिने भएमा निर्माणकर्ता, ऋणी र बैँक बिचको त्रिपक्षीय सम्झौता ।
  • बैँकलाई मान्य हुने व्यक्तिको व्यक्तिगत जमानी ।
बीमा
  • बैँकको नियम अनुसारको व्यापक बीमा ।