उद्देश्य
  • भौतिक तथा अभौतिकरण भएका शेयरहरुको प्राथमिक सुरक्षणको आधारमा ।
योग्यता
  • व्यक्ति , फर्म र कम्पनीहरु ।
  • बैँकबाट स्वीकृत प्राप्त तथा नेपाल स्टक एक्सचेंजमा सूचीकृत कम्पनीहरुको शेयरको रोक्का गर्नु पर्ने ।
  • बैँकको नाममा हस्तान्तरणयोग्य शेयर हुनु पर्ने ।
सीमा
  • आवश्यकताको आधारमा, तथापि कर्जाको सीमा नेपाल राष्ट्र बैंकका प्रचलित निर्देशन तथा बैंकका आन्तरिक नीतिहरू बमोजिम हुनेछ।
प्रकृति
  • ओभरड्राफ्ट र डिमान्ड कर्जा
मार्जिन
  • मार्जिन – ३५% (साधारण शेयरका लागि)

(शेयरको मूल्य नेपाल स्टक एक्सचेन्ज (NEPSE) द्वारा प्रकाशित अघिल्ला १८० कार्य दिनको औसत बन्द मूल्य वा प्रचलित बजार मूल्य, जुन कम हुन्छ, त्यसका आधारमा गणना गरिनेछ।)

  • मार्जिन – ५०% (बैंक तथा वित्तीय संस्थाका संस्थापक शेयरका लागि)

संस्थापक शेयरको मूल्य साधारण शेयरको अघिल्ला १८० दिनको औसत बन्द मूल्यको ५०% वा संस्थापक शेयरको अन्तिम कारोबार मूल्य (Last Traded Price) मध्ये जुन कम हुन्छ, त्यसका आधारमा गणना गरिनेछ।

  1. मार्जिन कुनै पनि अवस्थामा नेपाल राष्ट्र बैंक (NRB) ले तोकेको वा समय-समयमा संशोधन गरेको मार्जिनभन्दा कम हुने छैन।
  2. (Drawing Power को गणना प्रत्येक हप्ता गरिनेछ।
  1. एक पटक कर्जा प्रवाह गरिसकेपछि धितो राखिएको त्यस्तो शेयरको पुनर्मूल्याङ्कन (Revaluation) गरी कर्जा सीमा वृद्धि गर्न वा थप कर्जा प्रदान गर्न पाइने छैन।
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समयसमयमा परिवर्तन हुनसक्ने) ।
भुक्तानी
  • सन्तोषजनक कार्य सम्पादनको आधारमा समय समयमा नवीकरण हुने
सुरक्षण
  • बैँकको नाममा सेक्युरीटि एक्सचेंज बोर्डमा शेयर रोक्का गर्ने ।